Friday, April 19Nepal News Portal
Shadow

प्रमुख समाचार

मौसम विभागले गर्याे नेपाल टेलिकमलाई सम्मान

मौसम विभागले गर्याे नेपाल टेलिकमलाई सम्मान

प्रमुख समाचार
काठमाडौं । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएको भन्दै नेपाल टेलिकमलाई सम्मान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरत रूपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याई विपद् जोखिम न्यूनीकरणको लागि योगदान पु¥याएको भन्दै टेलिकमलाई कदर पत्र प्रदान गरेको हो । बिहीबार काठमाडौंमा आयोजित ‘नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम’ कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिलचन्द्र तिवारीले टेलिकमलाई सो कदर पत्र प्रदान गरेका थिए । सूचना संकलनअन्तर्गत बाढी पहिरो लगायतका विपदजोखिम क्षेत्रमा रहेका वाटर स्टेसनहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिम कार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध गराइएको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी ...
१७ औं औद्योगिक व्यापार मेला वैशाख २६ देखि

१७ औं औद्योगिक व्यापार मेला वैशाख २६ देखि

उद्योग, प्रमुख समाचार
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले वैशाख २६ देखि ३० गतेसम्म सम्म १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ आयोजना गर्ने भएको छ। मेला स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ मूल नारासाथ मेला आयोजना गर्न लागिएको महासंघले जनाएको हो । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गरिने मेलामा ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुनेछन्‌। साथै सार्क मुलुक र चीनका उद्यमीरव्यवसायी समेतको सहभागीता रहनेछ। २५० वटा स्टल रहने मेलालाई दुई लाख भन्दा बढीले अवलोकन गर्ने र सात करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने महासंघले अनुमान गरेको छ।...
कैलालीका १ सय ३७ साना उद्योग बन्द

कैलालीका १ सय ३७ साना उद्योग बन्द

उद्योग, प्रमुख समाचार
काठमाडौं ।  कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्। कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्। यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ। महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ। कैलालीमा हालसम्म १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन्। जिल्लामा दर्ता भएका उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ। हालसम्म उत्पादनमूलक तीन हजार एक सय ९४, कृषि छ हजार चार सय ८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ...
कुमारी बैंकले ग्लोबल मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकले ग्लोबल मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं। विगत २५ वर्षदेखी बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ । ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ । प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बच...
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई एएमएल र सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरू र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन...
ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

आर्थिक गतिविधि, प्रमुख समाचार, राजनीति
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बारे बताएका हुन् । मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताएका छन् । उनले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको जानकार...
कोकोकोलाले नेपालबाट गर्‍यो  गिनिज वल्र्ड रेकर्ड उपलब्धी, कार्यक्रममा सहभागिलाई दियो मोमो पार्टि

कोकोकोलाले नेपालबाट गर्‍यो गिनिज वल्र्ड रेकर्ड उपलब्धी, कार्यक्रममा सहभागिलाई दियो मोमो पार्टि

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । कोकाकोलाले नेपालबाट गिनिज वर्ल्ड रेकर्ड उपलब्धी गरेको छ। गत शुक्रबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको आयोजना गर्दै ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत् नयाँ गिनिज वर्ल्ड रेकर्ड उपलब्धी गरेको हो। कोकाकोलाले ५०० जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम आयोजना गरेको थियो। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुईजना साक्षी पनि कार्यक्रममा उपस्थित थिए। कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले यस अविस्मरणीय अनुभवले कोकाकोलाले इतिहास रचेको बताइन्। उनले भनिन, “कोकाकोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ। परिकारहरूको यो उत्सव न...
सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्ने योजना ल्याएको हो । बैंकका अनुसार यस्तो छुटका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्ने हुन्छ । योजना फागुन २५, २०८० देखि लागू हुनेछ । छुट प्राप्त गर्नका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनु पर्नेछ । साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि सानिमा बैंकको आधिकारिक वेबसाइटबाट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सकिने छ । यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताह...
कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

प्रमुख समाचार, बैंक तथा वित्त, ब्यानर
काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।  ...
माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई थप अर्को कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । कोइरालाले अब थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओ कोइरालासँग साढे २ दशकभन्दा लामो बैंकिङ अनुभव रहेको छ । उनले करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् ।...