Saturday, April 20Nepal News Portal
Shadow

फोटोफिचर

काठमाडौंको भृकुटीमन्डपमा जारी फ्लोरा एक्स्पोका दृश्यहरु हेर्नुहोस्

काठमाडौंको भृकुटीमन्डपमा जारी फ्लोरा एक्स्पोका दृश्यहरु हेर्नुहोस्

उत्पादनमूलक, फोटोफिचर, समाचार
काठमाडौं । काठमाडौं भृकुटीमन्डप, प्रदर्शनी हल, स्थित हिजो देखी फ्लोरा एक्स्पो सञ्चालन भएको छ । उक्त मेलाको दोस्रो दिन शनिबार परेको हुनाले मेलाको अवलोकन कर्ताहरु बढ्दै गएको मेलाका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिएका छन् । मौसममा आएको समस्याका कारण सोचेजती अवलोकन कर्ता नआएका तर ७५ लाख भन्दा बढिको व्यापार हुन सक्ने सम्भावना रहेको उनले बताए । हेर्नुहोस् फोटोफिचरः- ...
नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु

नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु

प्रदेश, फोटोफिचर
नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, प्रसाद, क्लासिक, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । उनको जनमा धरानमा वि.सं. २०४२ सालमा भएको हो । उनका इन्स्टाग्राममा राखिएका १० सुन्दर फोटाहरु हेर्नुहोस्  ...
नवलपरासीमा १७ जना जुवाडे पक्राउ

नवलपरासीमा १७ जना जुवाडे पक्राउ

ऊर्जा, फोटोफिचर, ब्यानर
काठमाडौं, ११ मंसिर (ससं) । नवलपरासीमा १७ जना जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका ८ भागडा बस्ने तिलकराम योगी थारूको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सुरेश महतोसहित १७ जनालाई गएराति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। उनीहरूको साथबाट प्रहरीले ४८ हजार २७० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरू विरुद्ध जुवातास ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।...
उपत्यकामा २४ घण्टामा ८३५ जना कोरोना संक्रमित थपिए

उपत्यकामा २४ घण्टामा ८३५ जना कोरोना संक्रमित थपिए

प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, १० मंसिर (ससं) । पछिल्लो २४ घण्टामा उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार ३५० महिला र ४८५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बुधबार संक्रमित पुष्टि हुनेमा १ हजार ९४८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।...
पछिल्लो २४ घण्टामा थप १,९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १,९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ को मृत्यु

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, १० मंसिर (ससं) । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा कोरोना भाइरस (काभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।...
सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ

सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ

आर्थिक गतिविधि, फोटोफिचर, ब्यानर
काठमाडौं, १० मंसिर (ससं) । नेपाली बजारमा सुनको भाउ लगातार घट्दै गएको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार (आज) एक हजार रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बुधबार भने ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कोरोना भाइरस विरुद्धको खोप परीक्षणमा सफलता हात परेका समाचार सार्वजनिक भएसँगै सुनको भाउ घटेको बताइएको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय ७५ रुपैयाँमा झरेको छ । यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले ...
कालीगण्डको नदी किनारमा एक व्यक्ति मृत फेला

कालीगण्डको नदी किनारमा एक व्यक्ति मृत फेला

ऊर्जा, निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, १० मंसिर (ससं) । स्याङ्जाको गल्याङ नगरपालिका–१ परेवा भीरमुनि कालीगण्डकी नदीको किनारमा एकजना व्यक्ति मृत फेला परेका छन्। ५० वर्षीय पिताम्बर कार्की मंगलबार मृत फेला परेका हुन्। उनी पाल्पाको तानसेन नगरपालिका–५ को रहेको प्रहरीको भनाई छ । प्रहरीले उनको मृत्यु घटनाबारे अनुसन्धान थालेको छ।
श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

ऊर्जा, प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, १० मंसिर (ससं)। बर्दियामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। ४४ वर्षीय पुरुषलाई इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले श्रीमतीलाई बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो पक्राउ गरेको हो। ४१ वर्षीया श्रीमतीलाई कुटपिट गरी बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। पक्राउ परेका युवक जिल्लाकै बाँसगढी नगरपालिका ९ माछागढका हुन्। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।...
पछिल्लो २४ घण्टामा थप १,७९० जनामा कोरोना संक्रमण पुष्टि, २,७९१ निको

पछिल्लो २४ घण्टामा थप १,७९० जनामा कोरोना संक्रमण पुष्टि, २,७९१ निको

प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, ९ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा (मंगलबार) थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् भने देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।...
बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ५ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ५ जना घाइते

फोटोफिचर, ब्यानर
काठमाडौं, ९ मंसिर (ससं)। बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।दुर्घटनामा परी पाँच जना घाइते भएको । झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा आज दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरुको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तीव्र गतिमा रहेका जिप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटनामा परेर मृत्यु भएका सबै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए। गत चैतदेखि पेन्सन बुझ्न नपाएकाहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ।...