Thursday, April 25Nepal News Portal
Shadow

बागमती प्रदेश

यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको हो। दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्काद...
वडाध्यक्षको काम गर्न मन भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन

वडाध्यक्षको काम गर्न मन भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन

बागमती प्रदेश, राजनीति, समाचार
काठमाडौं । सरकारले सांसद विकास कोष ब्युँताएकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमार्फत सांसद विकास कोष ब्युँताइएको हो । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आएको’ टिप्पणी गरेका हुन् । मेयर साहले ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ’ भन्दै प्रश्न समेत गरेका छन् । “सांसद विकास कोष पाउनुभए’सी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो,” उनले फेसबुकमा लेखेका छन्, “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ”  ...
यस्तो छ शुक्रबारको मौसम

यस्तो छ शुक्रबारको मौसम

प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । शुक्रबारबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ । शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। ‘कोशी प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, काठमाडौं उपत्यकामा पनि सामान्यतया बदली रहने र मध्याह्नपछि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
यस्तो छ आजको मौसम, देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

गण्डकी प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो। महाशाखाले वर्षा हुने सम्भावित भू–भागमा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

गण्डकी प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । आज देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार देश भर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो। देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।...
आजको देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

गण्डकी प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा–हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।...
सात वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष

सात वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष

उद्योग, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरूमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरू सर्वसम्मत निर्वाचित भएका छन्। महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। सुरूमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए। यसैगरी, सोही समूहबाट बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूरपश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। महासंघको मधेश प्रदेशमा पनि उमेश समूहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए। यसैगरी, गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समूहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन्। महासंघको प्रदेश अधिवेशनमा ७ वटा प्रदेशमा उमेश र दिनेश श्रेष्ठ समूहले अध्यक्षमा उ...
अयोग्य लडाकुलाई राहत प्रक्रिया आजदेखी सुरुहुने

अयोग्य लडाकुलाई राहत प्रक्रिया आजदेखी सुरुहुने

प्रमुख समाचार, बागमती प्रदेश, समाचार
सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ। ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गत सोमबारको मन्त्रिपरिषद बैठकबाट भएको थियो। ‘आजदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य सुरु हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालु आर्थिक वर्षदेखि नै वितरण गरिनेछ।’ वितरणको काम चरणबद्धरुपमा गरिने उनले बताए। राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए। उनकाअनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा ४ हजार ८ अयोग्य लडाकु रहेका छन्। यसअघि २०७३ सालमा उनीहरुलाई रु दुई लाख राहत दिने भनिए पनि रोकिएको थियो। तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार ...

आज विभिन्न कार्यक्रमका साथ घोडे जात्रा पर्व, मनाइँदै

बागमती प्रदेश, समाचार
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने जनविस्वास रहेको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतक...
प्रधानमन्त्री दाहाल आज विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहाल आज विश्वासको मत लिँदै

प्रमुख समाचार, बागमती प्रदेश, राजनीति
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (आज) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित छ। कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले आइतबार नै प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेको छ । कांग्रेसका ८६ सांसद, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई...