Friday, March 29Nepal News Portal
Shadow

ब्यानर

आठ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

आठ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

आर्थिक गतिविधि, उद्योग, ब्यानर
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा वैदेशिक लगानी प्रतिवद्धता ९एफडिआई० ४१ दशमलव ६७ प्रतिशतले बढेको छ । उद्योग विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष को ८ महीनामा फागुनसम्म २५३ उद्योगमा कुल २९ अर्ब १३ करोड ४५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । प्रतिबद्धता आएका परियोजनामा साना आकारका बढी छन् । ठूला स्केलका उद्योगमा प्रतिबद्धता कम आएको छ । मुलुकमा विस्तारै लगानीको वातावरण बनाउनै सरकारले नीतिगत रूपमा सहजीकरण गरेसँगै प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको उद्योग विभागका उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामी बताउँछन् । लगानीकर्ताले प्रतिबद्धता जनाए पनि स्वीकृत लिए अनुसार एफडिआई भने आउने गरेको छैन। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३ सय २७ परियोजनाका लागि ३८ अर्ब ४० करोड लगानी स्वीकृत भएको ...
८ महिनामा आयात निर्यात दुवै घट्यो

८ महिनामा आयात निर्यात दुवै घट्यो

आर्थिक गतिविधि, ब्यानर, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यात दुवै घटेको छ । ८ महिनामा १० खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २ दशमलव ६६ प्रतिशत आयात घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । त्यस्तै, आयातसँगै निर्यात पनि घटेको छ । चालु आवको ८ महिनामा निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो । चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो । यो अवधिमा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २ दशमलव ५२ प्रतिशत ...
राजस्व नीति तर्जुमाका लागि सुझाव दिन मन्त्रालयको आग्रह

राजस्व नीति तर्जुमाका लागि सुझाव दिन मन्त्रालयको आग्रह

उद्योग, ब्यानर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व नीति तर्जुमाका लागि सुझाव माग गरेको छ । राजस्व परामर्श समितिलाई क्षेत्रगत सुझाव दिन मन्त्रालयले निजी क्षेत्रसँग सुझाव माग गरेको हो । सुझाव चैत ७ गतेसम्म मन्त्रालयले बनाएका उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उप-समितिमा पेश गर्नुपर्ने छ । सुझाव संकलन सम्बन्धी सूचना आगामी आ.व. 2081/82 को राजस्व नीति तर्जुमाका सन्दर्भमा राजस्व परामर्श समितिलाई क्षेत्रगत सुझाव दिने प्रयोजनका लागि गठित उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उप-समितिमा पेश गर्ने सुझावहरु समेट्ने उद्देश्यले निजी क्षेत्र/निकायहरुबाट सुझाव संकलन गरी उक्त उप-समितिमार्फत प्रतिवदन पेश गर्ने प्रयोजनको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। तसर्थ मिति 2080/12/07 गते भित्र लिखित सुझाव पेश गर्नुहुन अनुरोध छ । e-mail: i...
ग्लोबल आइएमई बैंकका ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकका ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम

बैंक तथा वित्त, ब्यानर
काठमाडौं । ग्लोबल आइएमई बैंकले ४१ वटा शाखा कार्यालय एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी कार्यक्रम संचालन गरेको हो । विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता थियो । बागमती प्रदेशअन्तर्ग...
१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बुधबार ९ दशमलव ३३ अंकले बढेको बजार बिहीबार पनि १३ दशमलव ५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ विन्दूमा बन्द भएको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५९ को घटेको छ । बाँकी रहेका ११ को स्थिर छ । पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने सर्बाधिक कारोबार नेपाल रिइन्स्योरेन्न कम्पनीको भएको छ ।...
बाराही हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमती

बाराही हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमती

ब्यानर, शेयर बजार
काठमाडौं । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती दिने निर्णय गरेको हो। बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।...
कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

प्रमुख समाचार, बैंक तथा वित्त, ब्यानर
काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।  ...
नाडाको अध्यक्षमा करण चौधरी

नाडाको अध्यक्षमा करण चौधरी

प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेतीले जनाएका छन् । नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र उपाध्यक्ष निराकार श्रेष्ठले पनि दुईवर्षे पूर्ण कार्यकालका लागि चौधरीलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरिएको बताएका छन् । चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । उनलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् । अध्यक्ष सर्वसम्मत भएपछि अब २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिने छन् । ती सदस्यले उपाध्यक्षलगायत पदाधिकारी छान्ने छन् । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।...
वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

बैंक तथा वित्त, ब्यानर
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा वाणिज्य बैंकहरुले साढे २० अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्। चार महिनाको अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । जुन गत असोज मसान्तसम्मको तुलनामा एक अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो । गत असोज मसान्तसम्ममा भने बैंकहरूले १९ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको पहिलो चौमासिकमा सबैभन्दा धेरै नाफा भने नबिल बैंकले कमाएका छ । बैंकले चार महिनामा २ अर्ब १६ करोड ९६ लाख बढी खुद नाफा कमाएको छ । गत असोजमा भने नबिल बैंक धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो । धेरै नाफा कमाउनेको दोस्रो स्थान भने ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकले चार महिनामा १ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । एक महिनामै कम्पनीले १६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएक...
उद्योगमन्त्री रिजाल भन्छन्ः– आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास हुनु पर्दैन

उद्योगमन्त्री रिजाल भन्छन्ः– आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास हुनु पर्दैन

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन् । उनले चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा बुधबारदेखि भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । “सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु”, उनले भने, “यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ ।” नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे । “तपाईहर...