Saturday, April 20Nepal News Portal
Shadow

मनोरञ्जन

पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ पुस १ गते दुबईमा हुने

पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ पुस १ गते दुबईमा हुने

मनोरञ्जन, समाचार
काठमाडौं। पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ दुबईमा आयोजना हुने भएको छ । रोयल मुभिज प्रालिको प्रस्तुतिमा विगत ४ वर्षदेखि नेपालमा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक दुबईमा हुन लागेको हो । आगामी पुस १ गते आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट थुप्रै सेलिब्रटीको सहभागि हुने छन् । आयोजकले अवार्डमा ३३ बिधा समेटेको छ । जसको उत्कृष्ट ५ मनोनयन सूची समेत सार्वजनिक भएको छ । यो पटक अवार्डबाट भएको आम्दानी जाजरकोट र रुकुमका भुकम्प पिडितलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ । दुबईको याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बरदुवईमा आयोजना हुने अवार्डमा झन्डै ३० जना कलाकार सहभागी हुने आयोजक निरेन श्रेष्ठले बताए । अवार्डको संयोजकमा राजेन्द्र पुरी रहेका छन् ।...
युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ए मेरो हजुर–४’

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ए मेरो हजुर–४’

मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनील थापा निर्माता रहेको चलचित्र झरना थापाले निर्देशन गरेकी छिन् ।...
उमेशले ल्याए ‘यात्रा’

उमेशले ल्याए ‘यात्रा’

मनोरञ्जन, समाचार
काठमाडौं । उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनी प्रमोदको सङ्गीत रहेको यात्रा शनिरबार सार्वजनिक भएको हो। गीतको सुरुदेखि नै अधुरो प्रेमकहानी प्रस्तुत गरिएको छ। गीतको भिडियोमा गायक स्वयमले नै अभिनय गरेका छन् । भिडियोमा गीतकार लक्ष्मी थापालाई पनि देख्न सकिन्छ । सङ्गीतकार तथा गिटारिस्ट सचिन सिंहले सङ्गीत संयोजन गरेका हुन् । यस्तो छ भिडियो https://www.youtube.com/watch?v=1HzYR8PyZMQ...
२ वर्षपछि पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा गरिन पुनरागमन

२ वर्षपछि पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा गरिन पुनरागमन

मनोरञ्जन, समाचार
काठमाडौं । २ वर्षपछि पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा पुनरागमन गरेकी छन् । काठमाडौंमा छायांकन भइरहेको भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’को शीर्षमध्येको एक भूमिकामा उनलाई देख्न सकिन्छ । बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेको फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिया, ताइवान र मेक्सिकोका कलाकार समावेश छन् । मंगलबार यो फिल्मको छायांकन कोटेश्वरको जडिबुटी क्षेत्रमा भइरहेको थियो । फिल्ममा नेपालबाट निकितासहित ‘कबड्डी’ र ‘छक्कापञ्जा’ फेम्ड लुनिभा तुलाधर, प्रकाश घिमिरे लगायत छन् । पूर्वमिस नेपाल समेत रहेकी निकिताले यसअघि २०७७ सालमा विराज भट्टको फिल्म ‘साङ्लो’मार्फत अभिनयमा डेब्यु गरेकी थिइन् । क्राइम थ्रिलर जनरामा बनेको यो फिल्मको सुटिङ भारतपछि नेपालमा भइरहेको हो । नेपालमा शान्ता नेपाली प्रोडक्सनले लाइन-प्रोड्युसिङ गरिरहेक...
कलाकार संघको अध्यक्षमा मोहन निर्वाचित

कलाकार संघको अध्यक्षमा मोहन निर्वाचित

मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली चलचित्र कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । संघको शनिबार भएको १९औं साधारण सभामा भएको मतदानबाट अध्यक्षमा निरौला र्विाचित भएका हुन् भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् । निरौलाले २ सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा कबिता गेलाल, उपााध्यक्षमा शिवहरी नेपाल बैरागी निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल निर्वाचित हुँदा सह–कोषाध्यक्षमा पबित्रा आचार्य निर्बिरोध चयन भएकी छिन् । सदस्यहरुमा शितल केसी, गोपाल ढकाल छन्दे, उद्वव भट्टराइ, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई,रन्जना खड्का खुश्बु,सरिता राधोपाध्याय,रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।...
लामो समयदेखि बन्द अवस्थामा रहेको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालन

लामो समयदेखि बन्द अवस्थामा रहेको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालन

आर्थिक गतिविधि, प्रमुख समाचार, मनोरञ्जन
सुन्दरहरैँचा। लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी छ भने। तीन लगानीकर्ताको चार करोड रुपैयाँ भन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उनले बताए । सो हलमा एक सय ३० सिट क्षमता छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए । सञ्चालक बस्नेतले भने, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” रासस...
इजिप्टको राजधानी कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

इजिप्टको राजधानी कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

प्रमुख समाचार, मनोरञ्जन
काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब ३७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्...
आज बाट रिलिज हुदैछ रामबाबुको फूलबारी

आज बाट रिलिज हुदैछ रामबाबुको फूलबारी

मनोरञ्जन, समाचार
काठमाडौं। रामबाबु गुरूङद्धारा निर्देशित फूलबारी आजबाट सिनेमा हलमा लागेको छ । दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्कीलगायतको अभिनय रहेको सिनेमालाई कबड्डी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन् । नेपालको सामाजिक चलचित्र भनिएको फूलबारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन् ।
वैशाख १ गतेदेखि प्रदर्शन हुदै सुरक्षा पन्तको फिल्म बुलाकी

वैशाख १ गतेदेखि प्रदर्शन हुदै सुरक्षा पन्तको फिल्म बुलाकी

मनोरञ्जन, समाचार
काठमाडौं । सुरक्षा पन्त अभिनीत फिल्म बुलाकी को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म अब वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा सुरक्षा फरक पहिरनमा देखिएकी छिन्। उनले नाकमा बुलाकी लगाएकी छिन्। लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ। टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। फिल्मलाई शिव ढकालले खिचेका हुन्। फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।...
आज रिलिज हुदैछ ‘ह्यारी कि प्यारी’

आज रिलिज हुदैछ ‘ह्यारी कि प्यारी’

मनोरञ्जन
काठमाडौं ।आज नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो । चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।...