Friday, March 22Nepal News Portal
Shadow

शेयर बजार

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार, समाचार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ६५ विन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ। मंगलबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।...
६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक

६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार, समाचार
काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा बन्द भएको हो । मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको हो । मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।...
१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बुधबार ९ दशमलव ३३ अंकले बढेको बजार बिहीबार पनि १३ दशमलव ५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ विन्दूमा बन्द भएको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५९ को घटेको छ । बाँकी रहेका ११ को स्थिर छ । पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने सर्बाधिक कारोबार नेपाल रिइन्स्योरेन्न कम्पनीको भएको छ ।...
३ कम्पनीको ५५ लाख कित्ता भन्दा बढी बोनस सेयर नेप्सेमा सूचिकृत

३ कम्पनीको ५५ लाख कित्ता भन्दा बढी बोनस सेयर नेप्सेमा सूचिकृत

शेयर बजार, समाचार
काठमाडौं । ३ कम्पनीको ५५ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सूचिकृत हुनेमा यूनाईटेड अजोड ईन्स्योरेन्स, हिमालयन एभरेष्ट र जीवन विकास लघुवित्त रहेका छन् । उक्त ३ वटा कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर बिहिबार नेप्सेमा सूचिकृत भएको हो । यूनाईटेड अजोडको १०.२६ प्रतिशतले हुने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८.६२ प्रतिशतले हुने १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने बोनस सेयर ६ लाख ५४ हजार ८४७ कित्ता सेयर सूचिकृत भएको हो ।...
बाराही हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमती

बाराही हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमती

ब्यानर, शेयर बजार
काठमाडौं । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती दिने निर्णय गरेको हो। बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।...
सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ आजबाट

सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ आजबाट

आर्थिक गतिविधि, ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर जारी गरेको हो। प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरिरहेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले १४ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये, कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता...
नेपाल रिपब्लिक मिडियाको साधारणसभा कार्तिक ३ गते

नेपाल रिपब्लिक मिडियाको साधारणसभा कार्तिक ३ गते

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक ३ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो । सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालन समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ । सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १८ गते (असोज १९ गते शुक्रबार र २० गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।...
४ जलविद्युत् कम्पनीले दिए हकप्रद निष्कासन गर्न निवदेन

४ जलविद्युत् कम्पनीले दिए हकप्रद निष्कासन गर्न निवदेन

प्रमुख समाचार, शेयर बजार, समाचार
काठमाडौं । ४ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । यी कम्पनीले कुल चार करोड ३३ लाख ७० हजार ९४२ कित्ता थप शेयर निष्कासन गर्न निवेदन दिएका हुन् । लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो । त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । यो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापि...
मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन आज अन्तिम दिन

मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन आज अन्तिम दिन

प्रमुख समाचार, शेयर बजार, समाचार
काठमाडौं । मनकामना इन्जिनियरङ्ग हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा यही साउन २८ गतेदेखि निष्कासन गरेको थियो । कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारीपूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका आठ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो । दुई करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दुई लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित न...
नेपाल टेलिकमको नाफा सात अर्ब ८० करोड

नेपाल टेलिकमको नाफा सात अर्ब ८० करोड

प्रमुख समाचार, शेयर बजार, समाचार
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० मा सात अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा घटेको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले आठ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा झरको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी...