Tuesday, April 16Nepal News Portal
Shadow

समाचार

बन्दीपुर केबलकार नयाँ वर्षसँगै आंशिक सञ्चालनमा

बन्दीपुर केबलकार नयाँ वर्षसँगै आंशिक सञ्चालनमा

ब्यानर, समाचार
काठमाडौं । तनहुँ जिल्लाको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्ष २०८१ को सुुरुसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’ र अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बताइएको छ । नयाँ वर्षको अवसरमा बन्दीपुर केबलकारको विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ । हालका लागि केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी मात्र सञ्चालन गरिने बताइएको छ । सर्वसाधारणका लागि चाँडै नै मिति घोषणा हुने कम्पनीले जानकारी दिएको छ । परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रुपमा खुला गरिएको छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै ब...
एनआईसी एशिया बैंकले गर्याे एक करोड २० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले गर्याे एक करोड २० लाख बीमा रकम भुक्तानी

बैंक तथा वित्त, समाचार
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत रू. एक करोड २० लाख बीमा दावी भुक्तानी गरेको छ । गत असार १८ गतेदेखि फाल्गुण १४ गतेसम्ममा घातक रोगको बीमावापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति रू. १० लाखका दरले जम्मा रू. एक करोड २० लाख बीमा रकम भुक्तानी गरिएको हो । आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त उनीहरुलाई रकम भुक्तानी गरिएको हो । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए । उनीहरुका सदस्यलाई बीमा कम्पनीले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो । यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श...
महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विकमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विकमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
महालक्ष्मी विकास बैंकले ७ वटै प्रदेशमा रहेका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो। बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत् विभिन्न सचेतनामूलक भिडिओ सामग्रीहरू प्रसारण गरेको छ। बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा विद्यार्र्थी, स्थानीय युवाका साथै रोजगार व्यक्ति, किसान, लघु, साना तथा मझौला उद्यमी, दैनिक ज्यालादारी, ...
सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार, समाचार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ६५ विन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ। मंगलबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।...
६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक

६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार, समाचार
काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा बन्द भएको हो । मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको हो । मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।...
८ महिनामा आयात निर्यात दुवै घट्यो

८ महिनामा आयात निर्यात दुवै घट्यो

आर्थिक गतिविधि, ब्यानर, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यात दुवै घटेको छ । ८ महिनामा १० खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २ दशमलव ६६ प्रतिशत आयात घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । त्यस्तै, आयातसँगै निर्यात पनि घटेको छ । चालु आवको ८ महिनामा निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो । चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो । यो अवधिमा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २ दशमलव ५२ प्रतिशत ...
आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

उपभोक्ता, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैयाँलेृ बढेर प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा चैत २७ गते

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा चैत २७ गते

बीमा, समाचार
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते कम्पनीले आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको हो । सभा अमृतभोग कालिका्सभा काठमाडौं डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे बस्नेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव समेत रहेको छ। अरु प्रस्तावमा सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकम...
१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बुधबार ९ दशमलव ३३ अंकले बढेको बजार बिहीबार पनि १३ दशमलव ५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ विन्दूमा बन्द भएको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५९ को घटेको छ । बाँकी रहेका ११ को स्थिर छ । पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने सर्बाधिक कारोबार नेपाल रिइन्स्योरेन्न कम्पनीको भएको छ ।...
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्षमा महेश कुँवर

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्षमा महेश कुँवर

उद्योग, समाचार
काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौँले नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन गरेको छ।सोमवार संघको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन काठमाडौंमा संपन्न भएको हो। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संपन्न भएको हो।नवौं बार्षिक साधारण सभामा अधिवेशनवाट आगामी तीन वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । प्रमुख अतिथिको समुपस्थितिमा महेश कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ। जसअनुसार अध्यक्षमा महेश कुंवर, उपाध्यक्षहरुमा दानवहादुर बोगटी र अरुण शर्मा रहेका छन्। त्यस्तै, सचिव तारा बहादुर कटुवाल (अर्जुन), सहसचिव नेत्र वहादुर अधिकारी, कोषाध्यक्ष खेमराज आचार्य, सहकोषाध्यक्ष शालिकराम श्रेष्ठ (सुरज) छन्। त्यसैगरी सदस्यहरुमा खड्ग बहाद...