Sunday, November 2Nepal News Portal
Shadow

Uncategorized

शेयर बजार ८ अंकले घट्दा साढे २१ अर्ब बढीको कारोबार

शेयर बजार ८ अंकले घट्दा साढे २१ अर्ब बढीको कारोबार

Uncategorized, प्रमुख समाचार, शेयर बजार
  काठमाडौं । आज शेयर बजारमा सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ .१८ अंकले घटेर २,९२३ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९. ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ९् ९७ प्रतिशतका...
भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

Uncategorized
काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन्...
नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

Uncategorized
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.१५ अंकले बढेर दुई हजार चार सय ८८. ९ विन्दुमा बन्द भएको हो । आइतबार १५ अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज भने घटेको छ । नेप्सेमा आज १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११५ वटाको बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४९४.९० पुगेको छ । यसका साथै आज नेपाल फाइनानस लिमिटेडको शेयरमूल्य पनि ८.६७ प्रतिशतले बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ । यसका ...
ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा

Uncategorized
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिँदा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ । बैंकले तोकेको ३५ दिनको समयभित्र उक्त शेयर संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिनेछ ।...
मुमुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

मुमुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

Uncategorized
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।...
प्रतिक्रेट ३० रूपैयाँले बढ्यो अण्डाको मूल्य

प्रतिक्रेट ३० रूपैयाँले बढ्यो अण्डाको मूल्य

Uncategorized
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ। असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सात /दश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो। अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। उत्पादन घटेको छ। माग बढेको छ उनले भने माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको हो । उनका अनुसार हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ। त्यस्तै, सातरदश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए। हाल उपभोक्ताले आकारको आधारमा प्रतिक्रेट पाँच सय ४० रूपै...
सुनको मूल्य तोलामा १ लाख ४५ हजार नाघ्यो

सुनको मूल्य तोलामा १ लाख ४५ हजार नाघ्यो

Uncategorized
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो । जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन प्रतितोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।...

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

Uncategorized
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८७ हजार रूपैयाँ कायम भएको छ । यस वर्ष कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रूपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव गत वैशाख २० गते पारित गरेको थियो । क...
निफ्राको १० लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

निफ्राको १० लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

Uncategorized
  काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक शेयरमा खरिद आवेदन दिने आज असार १७ गते अन्तिम दिन रहेको छ। एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता शेयर असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको निफ्राको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले...

ग्रामिण विकास लघुवित्तको साधारण सभा सम्पन्न

Uncategorized
  काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कम्पनीका अध्यक्ष भरतराज कोईलाराको अध्यक्षतामा कम्पनीको प्रधान कार्यालय बुटवलमा नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७९८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । साथै, सोही सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सो सम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।...