Saturday, July 13Nepal News Portal
Shadow

उदयपुरमा कार दुर्घटना , एक जनाको मृत्यु


काठमाडौं । उदयपुरमा कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार (हिजो)राति अनियन्त्रित भएर पल्टिँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हो।

घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका ५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुर स्रोतले जनाएको छ ।

दुर्घटनामा अन्य घाइतेलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्