Friday, April 26Nepal News Portal
Shadow

कर्पाेरेट

सामसङले ल्यायो सामसङ टिभीहरूमा ३ वर्षको वारेन्टी दिने अफर

सामसङले ल्यायो सामसङ टिभीहरूमा ३ वर्षको वारेन्टी दिने अफर

कर्पाेरेट, समाचार
काठमाडौं । सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागू हुने बताइएको छ। तीन वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त बनाएको र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने विश्वास कम्पनीले गरेको छ। यो अफर क्युएलइडी, दी फ्रेम, युएचदी, एफएचडी टिभी जस्ता २ इन्चदेखि ८५ इन्चसम्मका धेरै सामसङ टिभीको रेन्जहरूमा लागू हुनेछ। यो वारेन्टी अफर १ अगस्टदेखि ३१ डिसेम्बर २०२३ सम्म लागू हुने कम्पनीको भनाइ छ।...
सिट्रोन ई सी थ्री १ लाख रुपैयाँमा प्रि–बुकिङ गर्न सकिने

सिट्रोन ई सी थ्री १ लाख रुपैयाँमा प्रि–बुकिङ गर्न सकिने

आर्थिक गतिविधि, कर्पाेरेट, समाचार
काठमाडौं । विद्युतीय गाडी सिट्रोन ई सी थ्री नेपाली बजारमा प्रि–बुकिङका लागि खुला भएको छ । अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यसका २ भेरियन्टहरु १ लाखमा प्रि–बुकिङ गर्न सकिनेछ । २९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका रहेको छ । यसमा रहेको विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको बताएको छ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ । अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ ।...
एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित

एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित भएको छ। नेपाल सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशमा चित्त नबुझेर एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष मुद्दा दायर गरेको थियो। आजियटा ग्रुपले अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) मा मुद्दा दायर गरेको हो। उक्त संस्थाले मुद्दा खारेज गरेसँगै सरकारको निर्णय र सर्वोच्च अदालतको आदेश सही भएको छ। नेपालमा द्विपक्षीय लगानी सम्झौताविरूद्ध काम भएको, राज्यले न्याय नदिएको र कर लगाएको भन्दै आजियटा ग्रुपले करिब ५० करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति दाबी गरेकामा आइसिएसआइडीले मुद्दा खारेज गरेको हो। आजियटा ग्रुपले २०७६ वैशाखमा मुद्दा दायर गरेको थियो। एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनोल्ड होल्डिङ्सलाई नर्वेली ...
अध्यक्ष रमेशकुमार हमाल भन्छन्ः आईपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिने

अध्यक्ष रमेशकुमार हमाल भन्छन्ः आईपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिने

आर्थिक गतिविधि, कर्पाेरेट, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताएका हुन् । बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले जानकारी दिए । कमोडिटी एक्सचेन्ज यो वर्षभित्रै सञ्चालनमा ल्याइने पनि उनले बताए ।...
रियलमीको नार्जो एन ५५ र एन५३ नेपालमा सार्वजनिक

रियलमीको नार्जो एन ५५ र एन५३ नेपालमा सार्वजनिक

कर्पाेरेट, समाचार
काठमाडौं । रियलमीले नेपालमा आफ्ना दुई नयाँ फोन सार्वजनिक गरेको छ । शुक्रबार कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी रियलमी नार्जो एन ५५ र नार्जो एन ५३ फोन सार्वजनिक गरेको हो । दुवै फोन ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छन् । दुवै फोनमा २ टेराबाइटसम्म स्टोरेज थप्न सकिन्छ। नार्जो एन५५ यस फोनमा ५० प्रतिशत चार्ज २९ मिनेट र फुल चार्ज ६३ मिनेटमा हुने कम्पनीको दाबी छ । नार्जो एन५५ फोन प्राइम ब्लु र प्राइम ब्ल्याक रङमा उपलब्ध छ । फोनका पछाडि दुई वटा रिङ रहेको छ भने छेउमा फ्लास छ । ७.८९ एमएम मोटाइ भएको नार्जो एन५५ मा यूएसबी सी पोर्ट, माइक र ३.५ एमएमको हेडफोन पोर्ट छ । बायाँतिर सिम कार्ड ट्रेमा दुई सीम कार्ड र एसडी कार्ड राख्न सकिन्छ । दायाँतिर आवाज बढाउने घटाउने बटन र फिङ्गर सेन्सरसहितको पावर बटन छ । फोनमा ९० हर्जको रिफ्रे...
आइएमई पेको नयाँ अफर

आइएमई पेको नयाँ अफर

उपभोक्ता, कर्पाेरेट, समाचार
काठमाडौं । आइएमई पेले वालेट-टू-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै नयाँ अफर सार्वजनिक गरेको छ। आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले तिमीलाई पनि, मलाई पनि नामक अफर सार्वजनिक गरेको हो। यो अफर बुधबार (चैत २९ गते)देखि लागू भएको छ भने २०८० भाद्र २६ गतेसम्म चल्नेछ। अफरअन्तर्गत ग्राहकले आइएमई पेमा वालेट-टू-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच जित्ने मौका पाउनेछन्। पाँच महिनासम्म चल्ने यस अफरअन्तर्गत प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ। विजेता छनौट गोलाप्रथाबाट हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ग्राहकमा वालेट-टु-वालेट ट्रान्सफर(पिटूपि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका लागि यस प्रकारको अफर सार्वनजिक गरिएको हो। साथै ग्राहकहरूलाई विद्युतीय भुक्त्तानी...
आयोनिक ६ ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषित

आयोनिक ६ ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषित

कर्पाेरेट
काठमाडौं । ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषणा भएको छ । गत बुधबार न्युयोर्क इन्टरनेसनल अटो शोमा हुन्डाई मोटर्स ग्रुपले ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषणा गरेको हो । यस अवार्डमा निर्माण गरेको फ्ल्यागसीप इलेक्ट्रिक आयोनिक ६ कार ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषित भएको छ । हरेक वर्ष घोषणा गरिने यो अवार्ड अघिल्लो वर्ष पनि हुन्डाईकै आयोनिक ५ ले जितेको थियो। त्यस्तै यस वर्ष लुसिड एयरले २०२३ वल्र्ड लक्जरी कार अवार्ड, किया इभी ६ जीटी २०२३ वल्र्ड पर्फमेन्स कार अवार्ड जितेका छन् भने सिट्रोन सी३ ले २०२३ वर्ल्ड अर्बन कार अवार्ड जितेको छ। वर्ल्ड कार अफ द इयर घोषित भएको आयोनिक ६ ले नै यस वर्षको विश्व इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड पनि जितेको छ।...
एनसेलको प्रायोजनमा दरबारमार्गमा सडक महोत्सव हुँदै

एनसेलको प्रायोजनमा दरबारमार्गमा सडक महोत्सव हुँदै

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । नयाँ वर्षको अवसरमा आगामी वैशाख २ गते (शनिबार) काठमाडौंको दरबारमार्गमा एनसेलको प्रायोजनमा ‘पर्पल स्याटर्डे: १६औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले एनसेलसँगको मुख्य प्रायोजनमा महोत्सव आयोजना गर्न लागेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत महोत्सवको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा एनसेलका सीईओ एन्डी चोङले, दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जित तुलाधर, रेबानका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी, नेपाल उद्योग वाणिज्य महासंघको व्यापार मेला समितिका सभापति नरेन्द्रकुमार खड्का, रेबानका वरिष्ठ उपाध्यक्ष संघर्ष विष्ट, रेबानका महासचिव टेकनाथ अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै एनसेलका...
नेपाल टेलिकमले एसइईका विद्यार्थीहरूका लागि ल्यायो नयाँ अफर

नेपाल टेलिकमले एसइईका विद्यार्थीहरूका लागि ल्यायो नयाँ अफर

उपभोक्ता, कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । नेपाल टेलिकमले एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। चैत २४ गतेदेखि उपलब्ध हुने उक्त अफर महिना ९० दिनसम्म लागू हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुनेछ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। सिमकार्ड प्रयोगमा आउना साथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले जानकारी दिएको हो। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफर उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्ने...
उद्योग व्यबसायमा ६२ वर्षमा २८ खर्ब लगानी

उद्योग व्यबसायमा ६२ वर्षमा २८ खर्ब लगानी

उद्योग, कर्पाेरेट, समाचार
काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्र करिब २८ खर्ब रुपैयाँबराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकानुसार गएको फागुन मसान्तसम्म विभिन्न क्षेत्रका उद्योगमा २७ खर्ब ८२ अर्ब रुपैयाँबराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७ र १८ देखि २०७९ र ८० सम्म आठ हजार ९७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्यांकानुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा छ । तथ्यांकानुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७० हजार २५५ जनालाई रोजगारी उपलब्ध गराएको उल्लेख छ । आठ महिनामा साढे एक खर्बको प्रतिबद्धता विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिना ९गएको साउनदेखि फागुन मसान्तसम्म०को तथ्यांकानुसार स्वदेशी र विदेशी लगानीका १८३ उद्योगका लागि एक खर्ब ५५ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता...