Friday, May 3Nepal News Portal
Shadow

लुम्बिनी प्रदेश

यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको हो। दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्काद...