Friday, April 26Nepal News Portal
Shadow

बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा चैत २७ गते

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा चैत २७ गते

बीमा, समाचार
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते कम्पनीले आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको हो । सभा अमृतभोग कालिका्सभा काठमाडौं डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे बस्नेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव समेत रहेको छ। अरु प्रस्तावमा सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकम...
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई एएमएल र सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरू र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन...
भदौमा १ अर्ब १८ करोडको बीमा पोलेसी सरेन्डर

भदौमा १ अर्ब १८ करोडको बीमा पोलेसी सरेन्डर

प्रमुख समाचार, बीमा, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा १४ जीवन बीमा कम्पनीको १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । यी कम्पनीका बीमितहरूले ९ हजार ३८६ बीमा पोलेसी सरेन्डर गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा बीमा पोलेसी सरेन्डर संख्या र रकममा कमी अएको छ । साउनमा १ अर्ब २८ करोड ३३ लाख रुपैयाँको ९ हजार ७९८ बीमा पोलेसी सरेन्डर भएको प्राथिकरणको तथ्यांक छ । भदौमा सबैभन्दा बढी रकमो बीमा पोलेसी सरेन्डर नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । यो कम्पनीको ४० करोड २९ लाख रुपैयाँको २ हजार ५४२ बीमा पोलेसी सरेन्डर भएको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०को २७ करोड ५८ लाख रुपैयाँको १ हजार ८२३ बीमा पोलेसी सरेन्डर भएको छ । प्राधिकरणका अनुसार नेशनल लाइफ इन्स्योरेन्सको १० करोड ५९ लाख रुपैयाँको ६९९ पोलेसी सरेन्डर भएको छ । १ करोडभन...
प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भयो सम्पन्न

प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भयो सम्पन्न

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबुटि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समिक्ष गरी यसलाई अझै प्रभावकारी रूपले अगाडि बढाउन आग्रह गरे। मन्त्री डा. भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दैै कृषकले अपनत्व महसूस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपक कुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम ...
जेठ २८ गतेदेखि उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा

जेठ २८ गतेदेखि उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बीमा, समाचार
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ हजार ९९ कित्ता संस्थापक शेयर जेठ २८ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले असार ३ गतेसम्म आवेदन दिन सकिने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ३ सय ५० तोकिएको छ । उल्लेखित शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरीएको छ । विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको शेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ सय ५५ रहेको छ ।...
एशियाली बीमा सम्मेलन सम्पन्न

एशियाली बीमा सम्मेलन सम्पन्न

बीमा, बैंक तथा वित्त, समाचार
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको ३ दिने एशियाली बीमा सम्मेलन शनिबार सम्पन्न भएको छ। एशियाका २० मुलुकको बीमा नियामक, बीमक, पुनर्बीमक र वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको सम्मेलन जलवायू परिवर्तनले निम्त्याएको जोखिम न्यूनीकरण गर्दै अवसर छोप्नका लागी सहकार्य गर्ने प्रतिबद्धता सहित सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यक्रममा जलवायु परिवर्तनको प्रमुख मुद्दालाई सही ढंगले सम्बोधन गरिएको उल्लेख गर्दै भने, यसले चुनौती मात्रै होइन, बीमा क्षेत्रका लागि अवसर पनि सिर्जना गरेको हामीले थाहा पायौं। सम्मेलनले प्रविधि र डिजिटल समाधानहरू, जोखिम मोडलिङ उपकरणहरूको महत्त्व र यसले हामीलाई कसरी जोखिम व्यवस्थापन अभ्यासहरू र विवेकपूर्ण पर्यवेक्षणलाई सही रूपमा अवलम्बन गर्न सक्षम बनाउँछ भन्ने पक्षमा पनि जान...
नियामक र कम्पनीहरुलाई क्षमता बढाउन अर्थमन्त्रीको निर्देशन

नियामक र कम्पनीहरुलाई क्षमता बढाउन अर्थमन्त्रीको निर्देशन

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणले आयोजना गरेको एशियन इन्स्योरेन्स मिट २०२३ लाई संबोधन गरेका छन् । ‍हिजोदेखि सुरु भएको सम्मेलनलाई अर्थमन्त्री महतले आजको कार्यक्रमको उद्घाटन गर्नुका साथै संबोधन गरेका हुन् । दिगो विकासका लागि बीमाको महत्वपुर्ण भुमिका रहने भन्दै अर्थमन्त्री महतले सामाजिक, आर्थिक, साइबर जोखिम, वातावरणीय जोखिम न्युनिकरणका क्षेत्रमा बीमाले काम गर्दै आइरहेको बताए । एशियाली मुलुकमा वातावरण परिवर्तनको जोखिम उच्च रहेकाले भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षतिलाई कभर गर्नका लागि बीमा कम्पनी, पुनर्बीमा कम्पनी र ब्रोकरहरुको क्षमता बढाउन उनले सुझाव दिएका छन् । नयाँ नयाँ प्रविधिको प्रयोग गरेर बीमाको पहुँच बढाउन उनले जोड दिएका छन् । पछिल्लो समय नयाँ सूचना तथा प्रविधिको विकासका क्रममा एआई जस्ता प्रविधिको विकास भइसकेको सन्दर्भमा बीमा क्षेत्रले पनि ...
अब इ–सेवाबाट घरको बीमा गर्न सकिने

अब इ–सेवाबाट घरको बीमा गर्न सकिने

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । इ–सेवाबाट घरको बीमा गर्न सकिने भएको छ। युएसआइडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको इ–सेवाले बताएको छ। हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू भएको कम्पनीको भनाइ छ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन्। यस योजना इ–सेवाको मोबाइल एपभित्र रहको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ। बीमा नीति अनुसार एक करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रूपैयाँसम्म भुक्तानी गर्नु पर्नेछ। बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय कम्पनीले जानकारी दिएको छ। यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इ–सेवमा एप मार्फत...
बीमा प्राधिकरणले जेठ २५ गतेदेखि २७ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन सुरु गर्दै

बीमा प्राधिकरणले जेठ २५ गतेदेखि २७ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन सुरु गर्दै

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि जेठ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘एशियन इन्स्योरेन्स मिट २०२३’ को तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सम्मेलनको मूल्य विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ । सम्मेलनको आयोजनामा International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) र Access to Insurance Initiative (A2ii)  को सहयोग रहेको छ । विश्वमा नविनतम विकास सँग सँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरुको पहिचान, जोखिम न्यूनिकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवं साझेदारी अभिबृद्धि गर्ने उद्देश्यले सम्मेनलन आयोजना गरिएको बीमा प्राधिकरणले जानकारी दिएको छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोखिम,...
नेपाल लाइफले पूर्ण तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह

नेपाल लाइफले पूर्ण तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना अन्र्तगत यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएको बीमितहरुलाई उक्त रकम लिन आउन आग्रह गरेको हो । यस कम्पनीहरुबाट जारी पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।...