Monday, May 6Nepal News Portal
Shadow

नियामक र कम्पनीहरुलाई क्षमता बढाउन अर्थमन्त्रीको निर्देशन


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणले आयोजना गरेको एशियन इन्स्योरेन्स मिट २०२३ लाई संबोधन गरेका छन् । ‍हिजोदेखि सुरु भएको सम्मेलनलाई अर्थमन्त्री महतले आजको कार्यक्रमको उद्घाटन गर्नुका साथै संबोधन गरेका हुन् ।

दिगो विकासका लागि बीमाको महत्वपुर्ण भुमिका रहने भन्दै अर्थमन्त्री महतले सामाजिक, आर्थिक, साइबर जोखिम, वातावरणीय जोखिम न्युनिकरणका क्षेत्रमा बीमाले काम गर्दै आइरहेको बताए ।

एशियाली मुलुकमा वातावरण परिवर्तनको जोखिम उच्च रहेकाले भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षतिलाई कभर गर्नका लागि बीमा कम्पनी, पुनर्बीमा कम्पनी र ब्रोकरहरुको क्षमता बढाउन उनले सुझाव दिएका छन् ।

नयाँ नयाँ प्रविधिको प्रयोग गरेर बीमाको पहुँच बढाउन उनले जोड दिएका छन् । पछिल्लो समय नयाँ सूचना तथा प्रविधिको विकासका क्रममा एआई जस्ता प्रविधिको विकास भइसकेको सन्दर्भमा बीमा क्षेत्रले पनि यस्ता प्रविधिलाई अपनत्व गर्नु पर्ने उनले बताए । यस्ता प्रविधिको प्रयोगले बीमाको दायरा थप फराकिलो हुने उनको विश्लेषण छ । बीमाको पहुँच बढाउनका लागि बीमाको संरचना र अण्डराइटिङमा पनि विशेष ध्यान पुर्याउनु पर्ने उनको भनाइ रहेको छ ।

जोखिमको हस्तान्तरणमा नविनतम उपयहरुको खोजि गरिनु पर्ने अर्थमन्त्री महतको तर्क छ । डा। महतले जोखिम बहन क्षमता बढाउनका लागि एशियाली मुलुकका सबै देशहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरेका छन् । उनले भने ‘यदि हामी सबैले समन्वयात्मक रुपमा क्षमता बढाउने प्रयास गर्यौ भने दीगो विकासमा सफल हुनेछौ ।’ उनले सबैलाई एक भएर अगाडी बढ्न आह्वान समेत गरेका छन् ।

बीमाले ग्राहकको विश्वास बढाउने काम गर्नु पर्ने तर्क राखेका छन् । यसका लागि संस्थागत क्षमता विकास गर्नु पर्ने उनको धारणा रहेको छ । यस्ता सम्मेलनले आ(आफ्नो अनुभव र आइडिया आदानप्रदान गर्न सहज हुने उनको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए । आज सम्मेलनको दोस्रो दिनमा सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतदेखि लिएर उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

कार्यक्रमलाई एशियाली विकास बैंकका वित्तीय विश्लेषक अरुप चितर्जीले बीमा क्षेत्रका चुनौतीहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए । उनले एशियाली मुलुक जलवायु परिवर्तनको उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । यहि कारणले हरेक वर्ष भौतिक तथा मानसिक रुपमा क्षति पुगिरहेको अरुप चितर्जीको भनाइ थियो । आजको कार्यक्रम जलवायु परिवर्तन, कृषि बीमा, भुकम्पको अनुभव लगायतका क्षेत्रमा प्रस्तुतिकरण रहेका छन् ।

Total Page Visits: 131 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्