काठमाडौं । राइड सेयरिङ कम्पनी ‘इन ड्राइभ’ ले राइडरहरुबाट १० प्रतिशत कमिशन लिने भएको छ । कम्पनीले आज औपचारिक कार्यक्रम गर्दै विधिवत रुपमा नेपालमा ‘इन ड्राइभ’ सेवा सुरु गरिएको बताएको हो ।
यस अघि पनि सेवा दिइरहेको भएपनि कम्पनीले अब भने दर्ता भएर विधिवत रुपमा सेवा सुरु गरेको छ । यस अघि कम्पनीले कमिशन लिने गरेको थिएन्
तर दर्ता भएपछि मात्र कमिशन लिने भएको हो ।
कम्पनीले नेपालको लागि डाइरेक्टर पनि नियुक्त गरेको जानकारी दिएको छ ।