Saturday, April 27Nepal News Portal
Shadow

टिप्स

सुत्नु अगाडि यी खानेकुराहरु भुलेर पनि नखानुहोस्

सुत्नु अगाडि यी खानेकुराहरु भुलेर पनि नखानुहोस्

टिप्स, शिक्षा/स्वास्थ्य
काठमाडौं । के तपाईको पनि भोक लागेका बेला जे पायो त्यही खाने बानी छ । यदि छ भने आजैबाट त्यागीहाल्नु् । किनकी यो बानी स्वास्थका लागि खतरनाक हुन सक्छ । राति के खानु हुन्छ अथवा के खानु हुँदैन भन्ने कुरामा विचार गर्न अति आवश्यक छ । राती सुत्नुअगाडी के नखाने ? जंक फूड राति सुत्नुभन्दा अघि जंक फूड खाने बानी छ भने यो बानीलाई आजैदेखि हटाउनुहोस् । जंक फूडले निद्रामा असर पुऱ्याउन सक्छ । सुत्नु अगाडि पिज्जा खानाले वजन त बढ्छ नै हार्ट बर्न जस्ता समस्या पनि हुन सक्छ । जंक फूडमा सेचुरेटेड फ्याट हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ ।त्यसैले यी कुराहरु राति खानु हुँदैन । गुलियो खानेकुरा सुत्नु अगाडि गुलियो खानेकुराहरु खानु हुँदैन । गुलियो खानेकुरामा पर्याप्त क्यालोरी हुन्छ । जसका कारण वजन बढ्नुको साथै निद्रा पनि लाग्दैन । चिया सुत्नु अगाडि चिया पिउनाले पनि स्वास्थ्यमा नराम्रो असर पर्छ । ...
कस्तो मलमाटोमा राम्ररी फुल्छ लाहुरे फूल ?

कस्तो मलमाटोमा राम्ररी फुल्छ लाहुरे फूल ?

टिप्स
काठमाडौं । लाहुरे फूलको खास नाम डेलिया भएपनि नेपाली समाजमा ‘लाहुरे फूल’ भनेर चिनिन्छ । विदेशबाट आयातित यो फूल नेपालमा पनि धेरै प्रचलित छ ।यो फूलको उत्पत्ति मध्यअमेरिकाको मेक्सिकोमा भएको हो। डेलिया अथवा (लाहुरेफूल) फुल्ने मुख्य सिजन कुन हो ? डेलिया फुल्ने मुख्य सिजन गर्मीयाम नै हो । मुख्यतया चैत–वैशाखमा यो फूल फुल्छ । लाहुरे फूल कस्तो हावापानी वा माटोमा बढी सप्रिन्छ ? यो फूल धेरै चिसो हावापानीमा सप्रिन सक्दैन । यसलाई घाम चाहिन्छ त्यसैले गर्मी ठाउँमा वा धेरै गर्मी पनि नभएको र धेरै जाडो पनि नभएको ठिक्कको हावापानीमा यो फूल बढी फैलिन्छ । माटोको कुरा गर्दा मलिलो माटोमा यो फूल बढी सप्रिन्छ । यो फूललाई कस्तो मल माटो आवश्यक हुन्छ ? बलौटे माटो यो फूलको लागि उपयुक्त हुन्छ । त्यस्तै मलको कुरा गर्दा कम्पोस्ट मल, गाईवस्तुको मल पनि हाल्न सकिन्छ । तर कम्पोस्ट मल भने यो फूलमा हाल्नु हु...
कति मिनेटपछिको निद्राले निर्णय क्षमता बढाउँछ ?

कति मिनेटपछिको निद्राले निर्णय क्षमता बढाउँछ ?

टिप्स
काठमाडौं । वैज्ञानिकले हालै आम मानिसको र्‍यापिड आई मुभमेन्ट (आरईएम) निन्द्राका माध्यमबाट भावनात्मक यादलाई मजबुत बनाउने कुरा पत्ता लगाएका छन् ।मस्तिष्कलाई सही तरिकाले काम गर्न निन्द्राको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वैज्ञानिकले गरेको अध्ययनले निन्द्राले मस्तिष्कको न्युरोनल एक्टिभिटीलाई शान्त बनाउने काम गर्ने पत्ता लागेको छ । आरईएम के हो ? आरईएम निदाएको ९० मिनेटपछि सुरु हुन्छ यो निन्द्राको एक चरण हो।निदाएको ९० मिनेटपछि मानिसले सपना देख्ने गर्छन् । निदाएको ९० मिनेटपछिको समयमा हाम्रो शरीरका मांसपेशीहरु स्वस्थ र तन्दुरुस्त रहन्छन् । आरईएम निन्द्राले न्युरान्सलाई शान्त बनाउँछ भावनात्मक प्रक्रिया रहने भाग हो प्रिफ्रन्टल कोर्टेक्स। र्‍यापिड आई मुभमेन्टले मस्तिष्कको पिरामिडल न्युरान्स निकै शान्त रहने वैज्ञानिकले अनुसन्धानमा खुलाएका छन् । निन्द्राको समयमा मस्तिष्कको कुनै भागले क...
अमलाका फाइदा

अमलाका फाइदा

टिप्स
काठमाडौं ।अमला स्वास्थ्यका दृष्टिले निकै गुणकारी छ। यो भिटामिन सीको ठूलो स्रोत हो ।अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइन्छ । आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमा प्रयोग गरिन्छ। यहाँ अमलाबाट हुने फाइदाहरु निम्न उल्लेख गरिएको छ । – नियमित अमला खानाले शरीरको रगत सफा गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । – कब्जियत हुनबाट पनि बचाउँछ । – भिटामिन सीका कारण कपाल तथा छाला सुन्दर बनाउँछ । – अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ । – पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ । – अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ । – अमला सेवनले रुघाखोकीसमेत निको हुन्छ । – स्मरण शक्ति बढाउछ । – अमलाको प्रयोगले कपाल झर्न पनि रोकिन्छ समस्याबाट ।...
पायल्सको उपचार कसरी गर्ने ?

पायल्सको उपचार कसरी गर्ने ?

टिप्स
काठमाडौँ ।मुख्यतया पायल्स तीन चरणका हुन्छन् । पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भनिन्छ । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्छ । दोस्रो चरण भनेको दिसा गर्दा दिसा सँगसँगै केही वस्तु बाहिर आएकोजस्तो अनुभव हुन्छ र बाहिर केही वस्तु निस्किन्छ पनि ।तर,बाहिर निस्केको वस्तु बाहिर निस्किने र दिसा गरिसकेपछि आफैँ भित्र पस्ने गर्दछ । तेस्रो चरण बढी जोखिम पुर्ण मानिन्छ । दिसा गर्दा दिसा सगैं बाहिर निस्किएको मासु भित्र नपस्ने र बाहिरको बाहिरै रहने हुन्छ । – यदि दिसा नियमित सारो भएको खण्डमा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ । – पहिलो अवस्थामै यसलाई कुनै मेडिकल उपचार गर्नु पर्दैन, तर सामान्य औषधिको प्रयोग मात्रै हो । सर्जिकल अवस्थामा जानुपर्दैन । – बाहिर रक्तनलीहरू निस्किएको हुन्छ, कतिपय अवस्थामा सामान्य उपचारमा त्यो आफैँ भित्र जाने हुन्छ । यसलाई इन...
६ स्वास्थ्य टिप्स विद्यार्थीका लागि

६ स्वास्थ्य टिप्स विद्यार्थीका लागि

टिप्स, शिक्षा/स्वास्थ्य
काठमाडौँ । समान्यतया कलेजका विद्यार्थीहरूले पढाइको दैनिकी, परीक्षाको तनाव आदिबाट फुर्सद नहुँदा आफ्नो स्वास्थ्यमा ध्यान दिन पाइरहेका हुँदैनन् । रोगले च्यापेपछि वा बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्र स्वास्थ्य परीक्षण गर्ने गर्दछन् । कलेजजीवन हरेक कुरामा उत्सुकता हुने उमेर हो । यसर्थ, उनीहरू गलत बाटोमा लाग्ने सम्भावना पनि बढि हुन्छ । यो उमेरमा यौनबारे बढी जिज्ञासा हुन्छ । हाम्रो समाज अझै पनि यौनजस्ता कुरामा खुला छैन । त्यसैले, कलेज पढ्ने किशोर–किशोरी आफ्नो यौन स्वास्थ्यसँगै समग्र स्वास्थ्यबारे सचेत छैनन्। उनीहरूलाई स्वास्थ्य सचेतनाका केही टिप्स् निम्न छन्। १। स्वास्थ्य परीक्षण नियमित गर्ने किशोर तथा युवा उमेरका विद्यार्थी स्वास्थ्यप्रति बढी हेल्चेक्र्याइ गरीरहेका हुन्छन् । त्यसैले, विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ । यसर्थ, एसटिडी अर्थात् यौन सञ्चारित रोगहरूबाट बच्न निय...
काठ किन बल्छ र धातु किन बल्दैनन्? जान्नुहोस् वैज्ञानिक कारण

काठ किन बल्छ र धातु किन बल्दैनन्? जान्नुहोस् वैज्ञानिक कारण

टिप्स
काठमाडौं । किन लाग्छ काठमा आगो, धातु किन बल्दैनन् ? तपाईहरुको मनमा कहिल्यै यो प्रश्न उठेको छ? यस्ता छन् वैज्ञानिक कारण। ओरेगन युनिभर्सिटीका एक रसायन विज्ञले आगो बल्नका लागि तीन सामान आवश्यकता हुने बताए । उनका अनुसार ती तीन सामान अक्सिजन, गर्मी र इन्धन । गर्मीलाई घर्षणमार्फत् बनाउन सकिन्छ जस्तै सलाई कोर्नु ।अक्सिजन ग्यास हो जुन हावामा हुन्छ । इन्धन त्यो चिज हो जुन बल्छ । इन्धन अर्गानिक पदार्थबाट बनेको जे पनि हुनसक्छ । यहाँ अर्गानिकको सम्बन्ध ती अणुसँग छ जुन मुख्य रुपमा कार्बन–हाइड्रोजन बन्डबाट बनेका हुन्छन् । कहिलेकाँही यसमा अक्सिजन वा अन्य परमाणु जस्तै फस्फोरस वा नाइट्रोजन समावेश हुने गर्दछन्। काठ किन बल्छ बल्नु एक रासायनिक प्रतिक्रिया हो जुन कमजोर केमिकल बन्डका साथै एक अस्थिर सिस्टममार्फत् ऊर्जा जारी गर्छ । एक रसायन विज्ञका अनुसार अर्गानिक मलिक्युल जसमा कार्बन, अक्सिजन, हाइड्रोजन...
गर्मीमा स्वास्थ्यका लागि फाइदाजनक लौका

गर्मीमा स्वास्थ्यका लागि फाइदाजनक लौका

टिप्स, शिक्षा/स्वास्थ्य
काठमाडौं ।हाम्रो स्वास्थ्यका लागि हरियो सागसब्जीका फाइदाहरु त हामी सबैलाई थाहा छ तर के लौकाले हाम्रो स्वास्थ्यका लागि कति फाइदा पुर्याउँछ भन्ने थाहा छ ? सायद कममात्रा लाईनै थाहा होला । गर्मी मौसममा लौकाको सेवन निकै फाइदाजनक हुन्छ । लौकामा धेरै प्रकारका औषधीय गुणहरू पाइन्छ, जसले गम्भीर रोगबाट बचाउन मद्दत गर्दछ । लौकाले चर्को घाममा पनि शरीर चिसो बनाइराख्न सहयोग पुर्याउँछ । लौका खाँदा तनाव पनि कम हुन्छ । त्यसैले लौकाका धेरै गुण र फाइदाबारे जानीराखौं । लौकाको दैनिक सेवनले तनाव कम गर्न मद्दत गर्छ । लौकाले दिमागलाई शान्त पार्ने काम गर्छ । साथै यसमा पाइने पानीको मात्राले शरीरमा शीतलता ल्याउँछ । लौकाले तौल घटाउन पनि सहयोग गर्छ । यसको सेवनले भोक पनि कम लाग्छ । लौकामा आइरन, भिटामिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । मुटु रोगको जोखिम कम गर्छ । हप्तामा दुई(तीन पटक लौकाको जुस पिउनाले मु...
यस्ता छन् आँखाको डार्क सर्कल हटाउने उपाय

यस्ता छन् आँखाको डार्क सर्कल हटाउने उपाय

टिप्स, शिक्षा/स्वास्थ्य
काठमाडौं ।आँखामा डार्क सर्कल हुनु अहिलेको समयमा ठूलो कुरा होइन् । आँखामा प्रायः सबै व्यक्तिको डार्क सर्कल हुन्छ । व्यस्त जीवनशैली, अस्वस्थ खानपान र बढी तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ । धेरैले कस्मेटिक सामग्रीको प्रयोग गरेर वा प्राकृतिक तथा घरेलु विधि पनि अपनाएर डार्क सर्कल हटाउन खोजिरहेका हुन्छन । तर डार्क सर्कल हटाउनका लागि यस्ता विधिहरु अपनाउनुपूर्व आफ्नो जीवनशैलीलाई पहिलो प्राथमिकतमा राख्नुपर्छ । डार्क सर्कललाई पूर्ण रुपले हटाउन असम्भव जस्तै छ । तर हामीले आफ्नो खानपिनमा ध्यान दिन सक्यौ भने पनि योधेरै हद सम्म निर्मुल गर्न सकिन्छ । डार्क सर्कल बढी मात्रामा तनाव, काम तथा पर्याप्त मात्रामा नसुत्नाले पनिदेखापर्ने गर्दछन् । डार्क सर्कललाई कम गर्न भिटामिन पाइने खानेकुराको सेवन गर्नु पर्दछ । के के सेवन गर्ने रु जानौँ, यहाँ केही प्रस्तुत गरिएको छ ः भिटामिन सि पाइने खानेकुर...
गर्मी मौषममा यस्तो खानेकुरा खानुहोस्

गर्मी मौषममा यस्तो खानेकुरा खानुहोस्

टिप्स
काठमाडौं । गर्मी मौसममा हामीले खानेकुरामा ध्यान दिनुपर्ने हुन्छ । खानेकुरामा ध्यान दिनसकिएन भने रोगले सताउँछ । कुनै एक वा दुई खानेकुरा खाएर पनि भोक त टार्न सक्छौ र यसबाट शरीरका लागि चाहिने धेरै पौष्टिक तत्व प्राप्त गर्न सक्छौं। तर शरीरका लागि चाहिने पर्याप्त पौष्टिक तत्व पूर्ति गर्न ५ खाद्य समूह (१.अन्न समूह २.दाल तथा गेडागुडी समूह ३.फलफूल र तरकारी समूह ४.माछा, मासु, दुध, दही समूह ५.तेल, घ्यू, चिनी समूह) सन्तुलित मात्रामा खानामा समावेश गर्नुपर्छ। गर्मीयाममा पाइने खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै र अन्य हरिया सागपात तथा तरकारीहरूमा एन्टिअक्सिडेन्ट, एन्टिहिटस्ट्रोक तथा शितलता प्रदान गर्ने तत्व रहेको हुन्छ। त्यस्तै नरिवलको पानी, ताजा फलफुलको जुस, दही र मोहीले शरीरमा तापक्रम र पानीको मात्रा सन्तुलन राख्नुका साथै शरीरलाई चाहिने शक्तिको प्रबन्ध पनि गर्छ। त्य...