Wednesday, May 8Nepal News Portal
Shadow

यस्ता छन् आँखाको डार्क सर्कल हटाउने उपाय


काठमाडौं ।आँखामा डार्क सर्कल हुनु अहिलेको समयमा ठूलो कुरा होइन् । आँखामा प्रायः सबै व्यक्तिको डार्क सर्कल हुन्छ । व्यस्त जीवनशैली, अस्वस्थ खानपान र बढी तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ ।

धेरैले कस्मेटिक सामग्रीको प्रयोग गरेर वा प्राकृतिक तथा घरेलु विधि पनि अपनाएर डार्क सर्कल हटाउन खोजिरहेका हुन्छन । तर डार्क सर्कल हटाउनका लागि यस्ता विधिहरु अपनाउनुपूर्व आफ्नो जीवनशैलीलाई पहिलो प्राथमिकतमा राख्नुपर्छ ।

डार्क सर्कललाई पूर्ण रुपले हटाउन असम्भव जस्तै छ । तर हामीले आफ्नो खानपिनमा ध्यान दिन सक्यौ भने पनि योधेरै हद सम्म निर्मुल गर्न सकिन्छ । डार्क सर्कल बढी मात्रामा तनाव, काम तथा पर्याप्त मात्रामा नसुत्नाले पनिदेखापर्ने गर्दछन् ।

डार्क सर्कललाई कम गर्न भिटामिन पाइने खानेकुराको सेवन गर्नु पर्दछ । के के सेवन गर्ने रु जानौँ, यहाँ केही प्रस्तुत गरिएको छ ः
भिटामिन सि पाइने खानेकुरा
सुन्तला, कागती, अमला, खरबुजा आदि ।

भिटामिन ए पाइने खानेकुरा
गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि ।

भिटामिन के पाइने खानेकुरा
अंगुर, ब्लुबेरी, बन्दाकोबी ,ब्रोकाउली, केरा आदि

भिटामिन ई पाइने खानेकुरा
पालुंगो, हाडे बदाम, किवी, बदाम, ओखर, सूर्यमुखीका बिज आदि

Total Page Visits: 764 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्