Monday, May 20Nepal News Portal
Shadow

लक्ष्मी हुण्डाईद्वारा ५० लाख बराबरको कोभिड उपचारका स्वास्थ्य सामाग्री गण्डकी प्रदेशलाई हस्तान्तरण


काठमाडौं। लक्ष्मी हुण्डाईले ५० लाख बराबरको कारोनाा भाईरस (कोभिड-१९) उपचारमा चाहिने आवश्यक पीपीइ लगायतका स्वास्थ्य सामाग्री गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको छ।
हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा आएका ती स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको हो। कम्पनीले यसअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्नुको साथै फिवर क्लिनिक स्थापनामा सघाएको थियो।
कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पका बेलामा समेत नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण आदिमा सहयोग गरेको छ। लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुपको भगिनी संस्था हो।

Total Page Visits: 1013 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्