Tuesday, May 7Nepal News Portal
Shadow

सिट्रोन ई सी थ्री १ लाख रुपैयाँमा प्रि–बुकिङ गर्न सकिने


काठमाडौं । विद्युतीय गाडी सिट्रोन ई सी थ्री नेपाली बजारमा प्रि–बुकिङका लागि खुला भएको छ । अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यसका २ भेरियन्टहरु १ लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका रहेको छ । यसमा रहेको विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको बताएको छ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ ।

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ ।

Total Page Visits: 148 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्