Sunday, May 19Nepal News Portal
Shadow

एन आई सी एशिया बैंकद्वारा महिला फुटबल टोली सम्मानित


काठमाडौं । एन आई सी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्लुएएफएफ महिला च्याम्पियनशिप २०२४ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको महिला फुटबल टोलीलाई बैंकले सम्मान गरेको हो ।

बैंकले वैशाख २४ गते ललितपुर स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही रु. २५००० र  सम्मानपत्र सहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरज्यूलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

Total Page Visits: 106 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्