Sunday, May 19Nepal News Portal
Shadow

यूनियन लाइफको आईपीओ बाँडफाँट, १५ लाख २७ हजारको हात खाली


 

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रथमिक शेयर (आईपीओ) बाँटफाँट बिहीबार (आज) भएको छ । कम्पनीको आईपीओ आज नै प्रि–अलोटमेण्ट सम्पन्न गरी आजै प्रभु क्यापिटलमा ५ बजे बाँडफाँट सम्पन्न भएको हो ।

योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खाली भएको छ ।

कम्पनीको आईपीओमा ६९ हजार ९७६ जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकले जानकारी गराएको छ । जसमध्ये दोहोरो आवेदन दिएका ४ हजार ८०१ जनाको आवेदन रद्ध भएको छ भने बाँकी बैंकमा पर्याप्त पैसा नभएकाले रद्ध भएको हो ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानीकोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

उक्त आईपीओमा २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेको थियो ।

Total Page Visits: 881 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्