काठमाडौं । ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषणा भएको छ । गत बुधबार न्युयोर्क इन्टरनेसनल अटो शोमा हुन्डाई मोटर्स ग्रुपले ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषणा गरेको हो ।
यस अवार्डमा निर्माण गरेको फ्ल्यागसीप इलेक्ट्रिक आयोनिक ६ कार ‘वर्ल्ड कार अफ द इयर २०२३’ घोषित भएको छ ।
हरेक वर्ष घोषणा गरिने यो अवार्ड अघिल्लो वर्ष पनि हुन्डाईकै आयोनिक ५ ले जितेको थियो। त्यस्तै यस वर्ष लुसिड एयरले २०२३ वल्र्ड लक्जरी कार अवार्ड, किया इभी ६ जीटी २०२३ वल्र्ड पर्फमेन्स कार अवार्ड जितेका छन् भने सिट्रोन सी३ ले २०२३ वर्ल्ड अर्बन कार अवार्ड जितेको छ।
वर्ल्ड कार अफ द इयर घोषित भएको आयोनिक ६ ले नै यस वर्षको विश्व इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड पनि जितेको छ।