काठमाडौं । रियलमीले नेपालमा आफ्ना दुई नयाँ फोन सार्वजनिक गरेको छ । शुक्रबार कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी रियलमी नार्जो एन ५५ र नार्जो एन ५३ फोन सार्वजनिक गरेको हो ।
दुवै फोन ४ जीबी र्याम ६४ जीबी स्टोरेज र ६ जीबी र्याम १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छन् । दुवै फोनमा २ टेराबाइटसम्म स्टोरेज थप्न सकिन्छ।
नार्जो एन५५
यस फोनमा ५० प्रतिशत चार्ज २९ मिनेट र फुल चार्ज ६३ मिनेटमा हुने कम्पनीको दाबी छ । नार्जो एन५५ फोन प्राइम ब्लु र प्राइम ब्ल्याक रङमा उपलब्ध छ । फोनका पछाडि दुई वटा रिङ रहेको छ भने छेउमा फ्लास छ ।
७.८९ एमएम मोटाइ भएको नार्जो एन५५ मा यूएसबी सी पोर्ट, माइक र ३.५ एमएमको हेडफोन पोर्ट छ ।
बायाँतिर सिम कार्ड ट्रेमा दुई सीम कार्ड र एसडी कार्ड राख्न सकिन्छ । दायाँतिर आवाज बढाउने घटाउने बटन र फिङ्गर सेन्सरसहितको पावर बटन छ ।
फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.७२ इन्चको एफएचडी प्लस आईपीएस एलसीडी डिस्प्ले छ । जसमा १८० हर्जको सेम्पिलिङ रेट र एक करोड ६७ लाख रङ देखाउनसक्ने क्षमता छ ।
मिडियाटेक हेलियो जी८८ चीपसेट रहेको फोनमा १२ एनएमको प्रोसेस नोड छ भने २ गिजाहर्ज पावर रहेको छ । ग्राफिक्सका लागि माली जी–५२ जीपीयु रहेको छ ।
क्यामेरा, स्टोरेज र ब्याट्री
नार्जो एन५५को पछाडि मा ६४ मेगापिक्सलको मेन सेन्सर र २ मेगापिक्सको डिप्थ्थ सेन्सर क्यामेरा रहेको छ । यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ ।
पछाडिको क्यामेराले १०८० पी र ६० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सक्छ भने अगाडिको सेल्फि क्यामेराले १०८० पी र ३० फ्रेम प्रति सेकेण्डको भिडियो खिच्न सक्छ ।
फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाटको सुपरभोक चार्जिङ रहेको छ । रियमल युआई ४।० एडिसन रहेको एन५५ एन्ड्रोइड १३ मा आधारित छ ।
रियलमी नार्जो एन५५ को ४ जीबी र्याम, ६४ जीबी स्टोरेजको भेरियन्टको मूल्य २०,४९९ तोकिएको छ । यस्तै, रियलमी नार्जो एन५५ को ६ जीबी र्याम, १२८ जीबी स्टोरेजको भेरियन्टको मूल्य २४, ४९९तोकिएको छ ।
नार्जो एन५३
यस फोनमा ५० प्रतिशत चार्ज ३१ मिनेट र फुल चार्ज ८८ मिनेटमा हुने कम्पनीको दाबी छ । नार्जो एन५३ फोन कालो र सुनौलो रङमा उपलब्ध छ । पछाडि तीनवटा रिङ रहेको फोनमा दुई वटामा क्यामेरा र एउटामा फ्लास रहेको छ ।
७.४९ एमएम मोटाइ भएको नार्जो एन५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको दाबी गरेको छ । फोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम छ ।
फोनको फिङ्गर सेन्सर पावर बटनमा रहेको छ । फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्ट रहेको छ । दायाँतिर सिम कार्ड ट्रेमा दुई सिम कार्ड र एसडी कार्ड राख्न सकिन्छ ।
फोनमा ९० हर्जको रिफ्रेस रेटसहित फोनमा ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ ।
फोनमा युनिसक टाइगर टी६१२ चीपसेट रहेको छ । चिपसेटमा १२ एनएम प्रोसेस नोड छ भने, १.८ गिजाहर्ज पावर रहेको छ । ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ । नार्जो एन५३ मा ५० मेगापिक्सलको एआई पछाडिको मुख्य क्यामेरा रहेको छ ।
यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । पछाडिको क्यामेराले १०८० पी र ३० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सक्छ भने अगाडिको सेल्फी क्यामेराले ७२० पी र ३० फ्रेम प्रति सेकेन्डको भिडियो खिच्न सक्छ ।
फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाटको फास्ट चार्जिङ रहेको छ । फोनसँगै ११ भोल्टको चार्जिङ एडेप्टर, सी टाइप यूएसबी केबल, प्रोटेक्ट केस आउँछ । रियमल यूआई टी एडिसन रहेको एन५३ एन्ड्रोइड १३ मा आधारित छ ।
रियली नार्जो एन५३ को ४ जीबी र्याम, ६४ जीबीको भेरियन्टको मूल्य १५,९९९ तोकिएको छ । यस्तै, रियली नार्जो एन५३ को ६ जीबी र्याम, १२८ जीबीको भेरियन्टको मूल्य १८,९९९ तोकिएको छ । दुवै फोन जुन ७ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।