Sunday, May 19Nepal News Portal
Shadow

स्वर्णिम वाग्ले भन्छन्ः राजश्व संकलन गर्ने लक्ष्य आधारहीन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्।

मंगलवार आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाएका छन्।

उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए। उनले अर्थ मन्त्रालयले १ महिनाअघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए।

उनले भने ‘असार १८ गतेसम्म सरकारको राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ। ९ खर्ब उठेको छैन। अर्थ मन्त्रीले एक महिना अघि मात्रै बजेटमा ११८० अर्ब उठाउछु भन्नुभएको छ। आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ। औसत राजश्व संकलन ३ अर्ब जति मात्रै हुन्छ। सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजश्व उठाउनुपर्ने हुन्छ। सरकारले ४० दिनको पनि प्रक्षेपन गर्न नसकेको हो की ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ?’

उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए। उनले सरकारको लक्ष्य ५५ अर्ब बाट १ महिना अघि मात्रै ३८ अर्ब उठ्ने भनेपनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गरे।

उनले सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताए।

उनले थपे, ‘असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ। सरकारको लक्ष्य थियो ५५ अर्ब र १ महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो। ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला। सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि १ महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनियतामा प्रश्न उठाउँछ। अर्को १२ दिनमा के हुँदैछ। के आधारमा सरकारल लक्ष्य राख्यो ?’

Total Page Visits: 131 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्