Tuesday, May 14Nepal News Portal
Shadow

यसरी थाहा पाउन सकिन्छ हराएको मोबाइलको लोकेशन, हेर्नुहोस्


काठमाडौं, (ससं) । अहिले सबै हरेक मान्छेको हात हातमा मोबाइल छ। मोबाइल मानिसको अति आवश्यक चिज बनिसकेको छ । मोबाइल मानिसको सबैभन्दा नजिकको साथी बनिसकेको छ । मानिसहरु आफ्नो पर्सनल कुराहरु पनि मोबाइलमै राख्ने गर्छन् । तर कहिलेकाही मोबाइल कतै छुट्न या हराउन पनि सक्छ । राखेको ठाउँ बिर्सन पनि सक्छ । यदि तपाई पनि मोबाइल हराएर वा कतै छुटेर तनावमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको मोबाइल लोकेशन पत्ता लगाउने तरिका थाहा पाउनुहोस् ।

१. सर्वप्रथम गुगलको होम पेज खोल्नुहोस् ।

२. त्यसपछि जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी हुनुपर्छ ।

३. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ उजयलभरु’ लेखेर सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

४. यस म्यापमा केही सेकेण्डमा नै अहिले तपाईको मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ । एजेन्सीबाट

Total Page Visits: 1278 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्