Friday, May 3Nepal News Portal
Shadow

प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले गरे प्रदर्शन


काठमाडौं । निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन् । सोमबार (आज) निर्माण व्यवसायीले सेफ्टी हेलमेट र ज्याकेट लगाएर प्रदर्शन गरेका हुन् ।

बिहान १० देखि ११ बजेसम्म निर्माण व्यवसायीले प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिएका थिए । निर्माणकार्यको भुक्तानी र म्याद थपलगायत नौबुँदे मागसहित केही दिनयता व्यवसायीले आन्दोलन गर्दै आएका छन् । आइतबार उनीहरूले सार्वजनिक खरिद अनुगमनको कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका माग सम्बोधन नभएसम्म प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिइने बताए । लामो समयदेखि निर्माण व्यवसायीलाई परेको समस्या सरकारले गम्भीर रूपमा नलिएकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

Total Page Visits: 262 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्