Friday, May 17Nepal News Portal
Shadow

फेरी २ हजारको बिन्दुबाट तल झर्यो नेप्से


काठ्माडौं । साताको अन्तिम दिन आज(बिहिबार) शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.३१ अंकले घटेर १९९८.९६ को बिन्दुमा पुगेको हो।

यस दिन कारोबारमा आएका ३०८ कम्पनीका ९४ लाख ९८ हजार २ सय ९८ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ २३ पैसाको कारोबार भएको छ । जस मध्ये आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक २८ करोड ७७ लाख, पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, र साधारण लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै विजय लघुवित्तको शेयर मूल्य ९.७१ प्रतिशत तथा आरएसडिसी लघुवित्तको शेयर

मूल्य ८.७१ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशत घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.१० प्रतिशतले घटेको छ ।

Total Page Visits: 97 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्