Friday, May 17Nepal News Portal
Shadow

लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त ‘पीडित’ सडकमा


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै काठमाडौंमा अनशन थालिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले गरिब नागरिकलाई पीडा दिँदा पनि राज्य मौन रहेको भन्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिको अगुवाइमा मंगलबारदेखि माइतीघरमा रिले अनशन सुरु गरिएको हो ।

उनीहरूले नवसामन्तीका रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्नेलगायत पाँचबुँदे माग अघि सारेका छन् ।

संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन अनशन सुरु गरिएको र विभिन्न जिल्लास्थित प्रशासन कार्यालयमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिए ।

उनले लघुवित्त संस्थाहरूले मुनाफाकेन्द्रित लगानी गरेर नागरिकलाई मारमा पारेको गुनासो गरेका छन् ।

Total Page Visits: 280 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्