Tuesday, May 7Nepal News Portal
Shadow

काठमाडौं महानगरले आइतबार पनि सेवा दिने


काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार पनि सेवा दिने भएको छ। महानगरद्वारा शुक्रबार (हिजो) जारी सूचना अनुसार सार्वजनिक बिदाको दिन आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गरिने भएको हो।

महानगरको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने महानगरको विभागीय प्रमुखद्वारा जारी सूचनामा जनाइएको छ ।

नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ।

Total Page Visits: 977 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्