Saturday, May 18Nepal News Portal
Shadow

२४.५८ अंकले घट्यो नेप्से


 

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज  (नेप्से) २४.५८ अंकले घटेर १ हजार ९७४.३७ विन्दुमा झरेको छ ।

त्यसैगरी राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेक्स पनि ४.८६ अंकले घटेर ३५१.१८ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृतमध्ये ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा उपसमूह मात्रै बढेका छन् भने बाँकी सबै उपसमूह रातम्मे भएका छन् । यो दिन लघुवित्त उपसमूह ०.१६ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.०४ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन सबैभन्दा बढी विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा उत्पादन तथा प्रोसेसिङ उपसमूह २.३७ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा दोल्ती पावर कम्पनी रहेको छ । उक्त कम्पनीको शेयरमूल्य यो दिन ९.५६ प्रतिशतले बढेको छ।त्यस्तै यो दिन साधना लघुवित्त र समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समान ८.७२ प्रतिशतले बढेको छ ।

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ९.९२ प्रतिशतले घटेको छ ।यसैगरी, सिंगटी हाइड्रो इनर्जि लिमिटेडको शेयरमूल्य पनि ७.५५ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १२ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै हिमालयन डिष्टीलरी लिमिटेडको ११ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 75 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्