Saturday, May 18Nepal News Portal
Shadow

राष्ट्र बैंकले गर्यो २४ करोड निक्षेप लगानी गर्न प्रस्ताव आह्वान


काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानी गर्न प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न प्रस्ताव गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार यसरी राखिने रकमको अवधि ३६६ दिन अर्थात् २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म छ ।

केन्द्रीय बैंकले लगानीको लागि छुट्याएको रकममध्ये वाणिज्य बैंकतर्फ १९ करोड २० लाख रुपैयाँ, विकास बैंकतर्फ लागि ३ करोड ६० लाख रुपैयाँ र फाइनान्स कम्पनीतर्फ १ करोड २० लाख रुपैयाँ छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ ।

यसबाहेक तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु उल्लेख छ ।

Total Page Visits: 89 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्