काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज सोमबार तोलामा २० रुपैयाँले बढेर १ हजार ६ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।