Sunday, May 19Nepal News Portal
Shadow

व्यत्तित बीमालेख नविकरणमा नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो छूट


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छूटको योजना ल्याएको छ । कम्पनीले १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ बैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा बैशाख २५ गतेदेखि बीमालेख नविकरण शूल्कमा लाग्ने ब्याजमा छूट प्रदान गरिने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनामा बिमितहरुले निर्धारित मितिमा नविकरण शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० दिनभन्दा माथि ३ बर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत र ३ बर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेख २० प्रतिशत ब्याज छूट पाइने बताएको छ ।

सो सुविधा अन्तरगत आगामी असार ६ गतेसम्म बीमालेख नविकरण गरेमा छूट पाइने नेपाल लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।

 

Total Page Visits: 117 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्