Sunday, May 19Nepal News Portal
Shadow

उद्योग मन्त्री भन्छन्ः २ वर्षमा २ वटा पनि कानून बनेनन्


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको जनाएका छन्। मंगलबारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को उद्घाटन गर्दै उनले जीडीपीमा उद्योगको योगदान बढाउनुपर्ने बताएका हुन्।

सरकारलाई निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहित गर्दै योगदान बढाउन सबै मिल्नुपर्ने उनको भनाइ थियो। तुलनात्मक लाभ लिई व्यापार बिस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । उद्योगको प्रवद्र्धन गर्ने, स्वदेशी उद्योगलाई महत्त्व दिन पनि मन्त्रालय तयार रहेको उनले बताएका छन् ।

सरकारले विशेष गरी कानुनी जटिलताहरुको समाधान गर्ने रहेको तर् कानूनी जटिटलताहरु समाधान गर्न सरकारले अझै नसकेको उनको भनाइ थियो। यही समयावधिमा पनि संसद् सञ्चालन भएको २ वर्ष पुग्न लागेको भन्दै उनले २ वर्षमा जम्मा २ वटा पनि कानून बन्न नसकेको उनले बताएका छन् ।

Total Page Visits: 73 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्