Tuesday, May 7Nepal News Portal
Shadow

गमगढीमा आगलागी हुुदाँ करोडौँको क्षति


काठमाडौं । सोमबार राति मुगु जिल्लाको सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो ।

आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौंको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ ।

Total Page Visits: 664 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्