Sunday, May 19Nepal News Portal
Shadow

१० लाख रुपैयाँ बराबरको प्रतिबन्धित औषधिसहित २ जना पक्राउ


काठमाडौं, (ससं) । विराटनगर महानगरपालिका ५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको प्रतिबन्धित औषधि बरामद भएको छ । आइतबार (हिजो) राति प्रहरीले नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरू बरामद गरेको हो ।

सोही महानगरपालिका(१० न्युरो अस्पतालपछाडि राजेन्द्र साहको घरबाट औषधी बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले भण्डार गरेको अवस्थामा औषधि फेला पारेको हो । उक्त औषधिहरू रेखदेख गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।

Total Page Visits: 537 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्