काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले १ महिनामा २ वटा ट्रान्समिसन लाइन थप हुने बताएका छन् ।
पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले १ महिनाभित्र २ वटा ट्रान्समिसन लाइन थप्ने गरी काम भइरहेको बताएका हुन् ।
सुख्खा सिजनमा विद्युत् किन्नुपर्ने र बर्खा सिजनमा बेच्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।
यसरी व्यवस्थापन मिलाउँदा आयात निर्यातमा पनि समस्या परेको उनले बताएका छन् ।