काठमाडौं । ग्लोबल इक्विटी फण्डले ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष सञ्चालनमा ल्याउने भएको छ।
ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच ऊर्जा इम्प्याक्ट फण्ड नामक कोष ल्याउने समझदारी भएको हो। ऊर्जा डेभलपर्स र ग्लोबल इक्विटी यस कोषको संयुक्त कोष प्रवर्द्धक रहेका छन्।
स्वदेशी र अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्थाहरूमार्फत कोषको रकम जुटाउने उद्देश्य राखिएको छ।
ग्लोबल इक्विटी फण्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति पाएको छ।
सेयर बजारमा सूचीकृत भइनसकेका कम्पनीमा प्राइभेट इक्विटीको रुपमा वा प्रारम्भिक चरणमा रहेका कम्पनीमा भेञ्चर क्यापिटलको रुपमा लगानी गर्छन्।