Tuesday, May 14Nepal News Portal
Shadow

शेयर बजार राताम्मे, ५ अर्बको कारोबार


काठमाडौं । साताको तौथो कारोबार दिन बुधबार (आज) नेप्से राताम्मे भएको छ । आज नेप्से ४०.२६ अंकले घटेर २ हजार ८ सय ८९.३ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा पुगेको छ ।
आज २२२ ओटा कम्पनीको १ करोड ५ लाख ५७ हजार कित्ता शेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १३ ओटा समूहमध्ये १३ ओटै समूहको परिसूचक घटेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 884 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्