Tuesday, May 7Nepal News Portal
Shadow

सामसङले ल्यायो सामसङ टिभीहरूमा ३ वर्षको वारेन्टी दिने अफर


काठमाडौं । सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ।

यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागू हुने बताइएको छ।

तीन वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त बनाएको र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने विश्वास कम्पनीले गरेको छ।

यो अफर क्युएलइडी, दी फ्रेम, युएचदी, एफएचडी टिभी जस्ता २ इन्चदेखि ८५ इन्चसम्मका धेरै सामसङ टिभीको रेन्जहरूमा लागू हुनेछ।

यो वारेन्टी अफर १ अगस्टदेखि ३१ डिसेम्बर २०२३ सम्म लागू हुने कम्पनीको भनाइ छ।

Total Page Visits: 278 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्