Sunday, May 19Nepal News Portal
Shadow

शेयर बजारमा उच्च अंकले गिरावट, नेप्से परिसूचक ३००० विन्दुभन्दा तल झर्याे


काठमाडौं, १५ भदौ । यो साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक उच्च अंकले घटेको छ । गत आइतबार ४९ अंकले घटेको बजार आज ६९.०५ प्रतिशतले घटेर बन्द भएको हो । गत कारोबारको तुलनामा नेप्से परिसूचक २.२७ प्रतशितले तल झरेर २९७५.८४ विन्दुमा रोकिएको छ । पछिल्ला २५ कारोबार दिन ३००० विन्दुभन्दा माथि रहेको नेप्से, यस दिन तल झरेको हो।

आज कारोबारमा आएका १३ वटै समूह राताम्य भएका छन् । कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेपछि नेप्से पनि सोही दरमा घटेको हो। यस दिन विकास बैंक, जलविद्युत, वित्त र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो सम्बन्धी व्यवस्थाले गर्दा बजारलाई प्रत्यक्ष असर गरेको छ । शेयर धितो राखेर १२ करोडसम्म मात्र ऋण लिन पाउँने व्यवस्था गरिएको छ । यस अघि सीमा तोकिएको थिएन् ।

आज २२६ कम्पनीको २ करोड ३१ लाख ९ हजार कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको १ अर्ब १ करोड ५ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

त्यस्तै हिमालयन डिष्टिलरीको ४९ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज रु रु जलविद्युट परियोजना लिमिटेडको प्रतिशेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयर मूल्य ७.७६ प्रतिशतले घटेको छ ।

Total Page Visits: 1054 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्