Saturday, May 18Nepal News Portal
Shadow

नेपालका सडकमा पाँच हजारभन्दा बढी महिन्द्रा स्कर्पियो


काठमाडौं । उकालो, ओरोलो, कच्ची र अफ्ठेरो सडकका लागि नेपालमा उत्कृष्ठ मानिएका केही एसयूभी सवारी मध्येको ‘महिन्द्रा स्कर्पियो पिकअप’ले बलियो बजार लिएको कम्पनीले जानकारी दिएको छ । अफरोड र एडभेन्चर यात्राका लागि नेपालमा पिकअप बढी उपयुक्त हुन्छ । खासगरी डबल क्याब पिकअपको ५ यात्रुसहित सामान राख्न पछाडिको भागमा हुने ठूलो स्पेस मुख्य विशेषता मानिन्छ ।

नेपालका लागि महिन्द्रा पिकअपको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले देशभर ५ हजारभन्दा बढी स्कर्पियो गुडिरहेको बताएको छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्तामाझ पनि यसको ४ डब्लूडी अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्चस्तरको विशेषता, शक्तिशाली प्रर्दशन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल रहेको कम्पनीको भनाइ छ ।

यो स्कर्पियोको लोकप्रियता नेपाली बजारमा मात्रै नभइ विश्वव्यापी रूपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा कायम रहेको कम्पनीको भनाइ छ ।

स्कर्पियो प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा ४ सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिनको १४० एचपी पावर र ३२० एनएम टर्क रहेको छ । यसमा २१० एम.एम को ग्राउण्ड क्लिएरेन्सका साथै ४डब्लूडीको मद्दतले नेपालको कुनै पनि कुनामा यात्रा गर्न सहजता हुने कम्पनीको भनाइ छ ।

सुरक्षाका लागि पनि पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषताहरु रहेको छ । स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ ।

सुपथ मूल्य, विशेषता र शक्तिशाली इन्जिन नै अन्य पिकअपको तुलनामा महिन्द्रा स्कर्पियो पिकअप उत्कृष्ट र आरामदायी रहेको कम्पनीको भनाइ छ ।

Total Page Visits: 146 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्