Saturday, May 18Nepal News Portal
Shadow

कारोबार रोकिएको खानी खोलाले सार्वजनिक गर्यो वित्तीय विवरण


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै शेयर कारोबार रोक्का गरेको खानीखोला हाइड्रोपावर कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले खानीखोलाको शेयर कारोबार जेठ २० गते बिहीबारदेखि रोक्का गरेको हो । खानीखोला लगायत अरु ३ कम्पनीले समयमै वित्तीय विवरण प्रकाशित नगरेको भन्दै कारबाहीको माग गरेर लगानीकर्ता केशव कोइरालाले बोर्डमा निवेदन गरेका थिए ।

 

यसैक्रममा खानी खोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाजुक वित्तीय विवरण प्रकाशित गरेको छ । चैत मसान्तसम्म कम्पनी ९ करोड ९० लाख घाटामा छ । यद्यपी कम्पनीको घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भन्दा केही कम हो । गत आवको चैतमा कम्पनी १० करोड १२ लाख घाटामा थियो।

बिजुली बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार गरे पनि कम्पनीको अन्य खर्चहरु बढेको छ । यसले गर्दा पनि खुद नाफा बढ्न नसकेको हो । तेस्रो त्रैमाससम्म बिजुली बिक्रीबाट ७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।गत वर्ष यही अवधिमा बिजुली बिक्रीबाट ३ करोड ५६ लाख आम्दानी गरेको थियो ।

खानी खोलाको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ छ । गत वर्षको तुलनामा रिजर्भ कोष झनै ऋणात्मक बनेको छ । अहिले रिजर्भ कोष ६६ करोड २० लाख ऋणामक छ । गत वर्ष रिजर्भ कोष ५३ करोड ५२ लाख ऋणात्मक थियो । खानी खोलाको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २७ पैसा नोक्सानमा छ । कम्पनीको ८६ करोड ४५ लाख द्धिर्घकालिन ऋण छ ।

कम्पनीले २०७३ साउनमा ९ लाख ३१ हजार ४२९ कित्ता आइपीको जारी गरेको थियो । हालसम्म कम्पनीले कुनै प्रकारको लाभांश बाड्न सकेको छैन्।

Total Page Visits: 1288 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्