Tuesday, May 7Nepal News Portal
Shadow

अध्यक्ष रमेशकुमार हमाल भन्छन्ः आईपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिने


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् ।

बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताएका हुन् ।

बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले जानकारी दिए ।

कमोडिटी एक्सचेन्ज यो वर्षभित्रै सञ्चालनमा ल्याइने पनि उनले बताए ।

Total Page Visits: 151 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्