Sunday, May 19Nepal News Portal
Shadow

झापाको प्लाई उद्योगमा आगलागी हुँदा ३० लाख सम्मको क्षति


काठमाडौं १९ मंसिर (ससं) । झापाको बिर्तामोड २, चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ।

यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा ३० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकोे छ। स्थानीय होमप्रसाद घिमिरेले सञ्चालन गरेको सो उद्योगमा आज बिहान लागलागी भएको थियो।

आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, १ नम्बर प्रदेश विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेस क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

आगो दमक, भद्रपुर र बिर्तामोडको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Total Page Visits: 595 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्