Thursday, May 16Nepal News Portal
Shadow

के तपाईको महिनावरी हुँदा पेट बढि दुख्ने गर्छ ?यस्ता छन् छुटराका पाउने घरेलु उपायहरु


काठमाडौं, (ससं) । हामीले सानो तिनो विरामी भयौँ भन्दैमा डाक्टरी औषधि सेवन गर्नुनैपर्छ भन्ने छैन्। हामीले घरेलु औषधिको सेवन गर्दा स्वास्थ राम्रो पनि हुन्छ तर सानासाना रोग पनि निको हुने गर्दछन्।
महिनावारी हुँदा पेट दुख्ने समस्या सबै नारीमा हुन्छ । कसैलाई दुखाइ कम र कसैलाई बढी हुने मात्र हो। महिनावारीका समयमा पेट दुख्ने समस्याबाट छुटकारा पाउन तपाई हामीले हर प्रयास गरिरहेका हुन्छौँ । तर पनि छुटकारा पाउन सकिरहेका हुँदैनन्। आज हामी तपाईलाई यस्तो घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसले महिनावारीका समयमा हुने दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।
दुध र बेसारको सेवन
दुध स्वास्थ्यका लागि जति फाइदा जनक हुन्छ त्यति नै बेसारका पनि फाइदा छन्। दुध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीमा हुने पेटको दुखाईसम्मको समस्या कम हुन सक्छ।
महिनावरीमा हुने दुखाईबाट छुटकारा
बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई कम हुन्छ। बेसार र दुधमा रगत पातलो बनाउने गुण हुन्छ । साथै यसमा शरीरको विषाक्त पदार्थ प्राकृतिक तरिकाले हटाउन सक्ने गुण हुन्छ। महिनावारीका समयमा रक्तप्रवाह राम्रोसँग भयो भने पेट दुख्न कम हुन्छ। त्यसैले महिनावारीका समयमा हुने दुखाई कम गर्नका लागि दूध वेसारको सेवन निकै लाभदायिक मानिने गरिन्छ।

दूध बेसारका अन्य फाइदा

अल्सरमा उपयोगी
दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ। अल्सर, डाइरिया र अपच हुन दिदैन।

कलेजको बिषाक्त पदार्थ हटाउँछ
दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ।

पाचन यन्त्र चुस्त राख्छ
दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ
बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ।

क्यान्सरसँग लड्ने क्षमता
बेसारमा करक्यूमिन रहेको हुन्छ। यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

राम्रो निन्द्रा लाग्छ
यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ।

Total Page Visits: 1086 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्