Friday, May 10Nepal News Portal
Shadow

शेयर बजारमा ०.०६ अंकको गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.०६ अंकले घटेर २ हजार ४९.३८ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको थियो ।

बजार घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ३ अर्ब ७ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । बजारमा कारोबार भएका ९० कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६७७.१० रुपैयाँ पुगेको छ । त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०१.६० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी मोदी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 125 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्