काठमाडौं । आज बिहिबार सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी तोलामा १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।