Saturday, May 18Nepal News Portal
Shadow

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट


काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका छ लाख ९७ हजार २०० कित्ता साधारण निष्कासन गरेको थियो।

उक्त आईपीओमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट एक करोड ५५ लाख २५ हजार चार सय कित्ताको आवेदन परेको थियो। जसमध्ये छ हजार ५०२ आवेदन रद्द भएको भएर बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । यसरी बाँडफाँट हुँदा ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कात्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

Total Page Visits: 266 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्