Saturday, May 18Nepal News Portal
Shadow

विप्लवले प्रचण्डसँग मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब


काठमाडौं, (ससं) । केही दिनअघि मात्रै प्र’तिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर व्यवस्थापनका नाममा अर्बौँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाब किताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।

प्र’तिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसा माथि भ्र’ष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए । विप्लवले आफूहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्या’रेकमा बस्दा प्रति सेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै का’टिएको त्यो पैसा कहाँ गयो ? पूर्व माओवादी कमा न्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ, ।’

भ्र’ष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘भ्र’ष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दो’ष दिएको छ,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

Total Page Visits: 586 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्