Monday, April 29Nepal News Portal
Shadow

राजनीति

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

आर्थिक गतिविधि, प्रमुख समाचार, राजनीति
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बारे बताएका हुन् । मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताएका छन् । उनले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको जानकार...
प्रधान मन्त्री प्रचण्डले गरे दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण तथा दाशु भट्टको शालिक अनावरण

प्रधान मन्त्री प्रचण्डले गरे दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण तथा दाशु भट्टको शालिक अनावरण

राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दाहाल बन्धुका प्रथम पुरुष दाशु भट्टको पूर्ण कदको शालिक अनावरण गरेका छन् । आफ्नो पितृथलोको चाखपूर्वक भ्रमण गर्दै जेठ ३१ गते दुल्लु नगरपालिका वडा नं. १२ मा प्रचण्डले उक्त शालिक अनावरण गरेका हुन् । शालिक अनावरण कार्यक्रम कुल शिरोमणी दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय,कोटेश्वर काठमाडौंले आयोजना गरेको थियो । दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण कार्यक्रमको आयोजना दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालय नाला, काभ्रे, दाहाल सेवा समाज केन्द्रीय कार्यालय कास्कि,पोखरा र दाहाल कल्याणकारी समाज केन्द्रीय कार्यालय चितवनले गरेको थियो । कार्यक्रमको सभापतित्व कुल शिरोमणी दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष मुकुन्द प्रसाद दाहालले गरेका थिए भने स्थानीय बन्धुहरुको तर्फबाट स्वागत मन्तब्य दैलेखका संंघिय सांसद...
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढाउँछौँः अर्थमन्त्री डा.महत

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढाउँछौँः अर्थमन्त्री डा.महत

आर्थिक गतिविधि, ब्यानर, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्गको निर्माण प्रक्रिया यसै वर्षदेखि अघि बढाइने बताएका छन् । शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, “टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन, यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पुँजी होइन ।” यो सुरुङमार्ग निर्माणका लागि अहिले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । “यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि, यसमा विदेशी सहयोग आउने सम्भावना छ,” उनले भने, “विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौँ ...
‘विनोद चौधरी जब पर्‍यो राति तब बूढी ताती’ भनेझैँ धान रोप्न सुरु हुँदा सरकार मल खोज्न दौडन्छ

‘विनोद चौधरी जब पर्‍यो राति तब बूढी ताती’ भनेझैँ धान रोप्न सुरु हुँदा सरकार मल खोज्न दौडन्छ

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले अझै पनि किसानका लागि मलको समस्या समाधान गर्न नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताएका हुन् । उनले भने, “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्‍यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ ।” यस्तो प्रवृत्तिलाई कायम राखी किसानको मुहारमा खुसी ल्याउन नसकिने उनको भनाइ छ । ‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौँ नेपाल चिनौँ’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको उनले बताए । तर, त्यसको कार्यान्वयनप्रति उनले आशंका व्यक्त गरे । रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको...
भारतिय प्रधानमन्त्रीलाई नेपाल आउन निम्ता दिएको छुः प्रधानमन्त्री प्रचण्ड

भारतिय प्रधानमन्त्रीलाई नेपाल आउन निम्ता दिएको छुः प्रधानमन्त्री प्रचण्ड

राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन निम्ता दिएको बताएका छन् । सोमबार (आज) बसेको प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘भारतिय प्रधानमन्त्रीलाई निम्ता दिएर आएको छु । उहाँ नेपाल आउनु हुन्छ ।’ त्यस्तै उनले नेपाल भारतबीचको सिमा विवादबारे समेत छलफल भएको जिकिर गरे ।...
५२ दलले लेखापरीक्षण सार्वजनिक गरेनन्

५२ दलले लेखापरीक्षण सार्वजनिक गरेनन्

प्रमुख समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्देशनबमोजिम ३० दलले मात्रै लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको जानकारी आयोगलाई पठाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा आयोगले तोकेको समयभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दललाई सात हजार रुपियाँसम्म जरिवाना गर्ने उल्लेख छ। ऐनबमोजिम राजनीतिक दलले २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन माघभित्र आयोगमा बुझाएर फागुनसम्म सार्वजनिक गर्नुपर्ने हो । तर, सो अवधिमा ८२ दलले प्रतिवेदन बुझाए पनि लेखा विवरण सार्वजनिक गरेनन्। दल...
वडाध्यक्षको काम गर्न मन भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन

वडाध्यक्षको काम गर्न मन भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन

बागमती प्रदेश, राजनीति, समाचार
काठमाडौं । सरकारले सांसद विकास कोष ब्युँताएकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमार्फत सांसद विकास कोष ब्युँताइएको हो । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आएको’ टिप्पणी गरेका हुन् । मेयर साहले ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ’ भन्दै प्रश्न समेत गरेका छन् । “सांसद विकास कोष पाउनुभए’सी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो,” उनले फेसबुकमा लेखेका छन्, “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ”  ...
चालु आर्थिक वर्ष अर्थतन्त्रको हिसाबले राम्रो भएन

चालु आर्थिक वर्ष अर्थतन्त्रको हिसाबले राम्रो भएन

आर्थिक गतिविधि, प्रमुख समाचार, राजनीति
काठमाडौं । चालु आर्थिक वर्ष (आव) अर्थतन्त्रको हिसाबले राम्रो नहुने देखिएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा आर्थिक सर्वेक्षण पेस गर्दै आर्थिक वृद्धिदर कम हुने जानकारी दिएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै रूपमा पेस गरिएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष (आव)मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान गरिएको छ । चालु अर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वाग्मती प्रदेशको सबैभन्दा कम १.८ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत र गैरकृषि क्षेत्रको १.९२ प्रतिशत रहने अनुमान गरिएको उनले बताए ।...
आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

प्रमुख समाचार, राजनीति
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका छन् । प्रतिनिधि सभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ ।...
एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी कस्तो छ ?

एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी कस्तो छ ?

राजनीति, समाचार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुझिएका पूर्व उर्जामन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्ने तयारीमा रहेको छ । हाल गृहजिल्ला अर्घाखाँचीमा रहेका नेता रायमाझी बुधबार नै काठमाडौं आउने तयारीमा रहेको भए पनि आफूसहित छोरा सन्दीपका विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनी रोकिएका थिए । उनका छोरालाई भने बुधबार नै प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले रायमाझी बाबुछोराको संलग्नता रहेको बताएपछि उनीहरु अफ्ठेरोमा पर...